• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बलात्कार आरोपमा प्रहरीका पूर्वसई विरुद्ध मुद्दा दायर

    1.9K
    SHARES



    काठमाडौँ । बलात्कार आरोपमा नेपाल प्रहरीका एक जना पूर्वसई विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको छ ।

    काठमाडौँको कलंकीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादवलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो ।

    यादवले पुस १७ मा कलंकीस्थित पीडितको डेरामा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अंगुर जिसिले रातोपाटीलाई बताए । उनले भने,‘मुद्दा अदालतमा दर्ता भएर थुनछेक सुरु भएको छ ।’

    डेरामा पानी खाने निहुँमा प्रवेश गरेर यादवले ‘एसिड छ्यापेर कुरुप बनाउँछु’ भनेर बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् । आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ