• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा

2.4K
SHARES



काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।

पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे ।

यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए । यसैगरी ५२ औं मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ