• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गीत-सङ्गीत

कमलमानको “मायालु”मा चन्द र प्रियंकाको रोमान्स

5.3K
SHARES



काठमाडौं। कमल मान सिंहको शब्द, संगीत र स्वरमा रहेको मायालु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द र नायिका प्रियंका कार्कीको अभिनय छ ।

रोमान्टिक गीतमा चन्द र कार्कीले प्रेमिल मुडमा अभिनय गरेका छन् ।      कमल मान सिंहको मायालुमा राष्ट्र बैंक निर्देशक चन्द र प्रियंका कार्कीको अभिनया गीतले भोलिको कुरा भुलेर आज जीउनुपर्ने कुरा बोलेको छ । गीतको एरेन्ज, मिक्स र मास्टरिङ बाबु प्रधानले गरेका हुन् ।

काठमाडौंको दुषित थानी होटल र हात्तीवनका मनोरम दृश्य कैद गरिएको भिडियोलाई रोमन मार्सले खिचेका हुन् । कमल मान सिंहकै निर्देशन रहेको भिडियोमा गायक सिंह पनि फिचर्स छन् । सिंहकै गीत जिन्दगीमा यसअघि चन्दले अभिनय गरेका छन् ।

त्यस्तै उनले अभिनाश घिसिङको गीत माथिल्लो लेकमा समेत अभिनय गरिसकेका छन्। इन्जिनियरसमेत रहेका चन्द राष्ट्र बैंकको गैरबैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागको निर्देशक हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ