• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट- लुम्बिनीमाथि सुदूरपश्चिमको जित

2.6K
SHARES



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । त्यसक्रममा सुदूरपश्चिमले लुम्बिनीलाई ९ विकेटले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमलाई जिताउन नट आउट रहेका कविता जोशीले २४ तथा रेवती धामीले १७ रन बनाएका हुन् । रुबी पोदारले १४ रन बनाइन् ।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सकेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले १९ र आश्मा पुन मगरले १६ रन बनाए ।

सुदूरपश्चिमका लक्ष्मी साउदले २ तथा इश्वरी विष्ट, अनु खडायत र रितु कनौजियाले समान १ विकेट लिए । प्रतियोगितामा पहिलो जित हात पारेको सुदूरपश्चिम आफ्नो पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । लुम्बिनीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ