• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

इन्द्रमान तुलाधर एन्फाको सीईओ नियुक्त

2.4K
SHARES



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।

आज सोमबार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले भने खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नुपर्ने भन्दै विरोध जनाएका बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

२०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । तर कर्मा छिरिङ अध्यक्षमा पंकज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएको थियो ।

तर गत शनिबार एन्फा महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलन गर्दै तुलाधरले आफूले एन्फाको वर्तमान नेतृत्वलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ