• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एनएसएलमा आज यी चार टिम भिड्दै

2.5K
SHARES



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज डबल हेडर हुँदैछ । सुपर स्याटर्डेमा आज दुई खेल हुनेछ ।

पहिलो खेल वीरगंज युनाटेड र पोखरा थण्डर्सबीच हुनेछ । यो खेल त्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे हुनेछ ।

अब लिग चरणको अन्त्यतिर आइपुगेकोले आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई महत्पूर्ण हुनेछ ।

पोखरा ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।

उता अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगंका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ । पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । चितवन ६ खेलबाट पाँच अंकसहित सातौँ स्थानमा छ भने इलाम उति नै खेलबाट ४ अंकसहित पुछारमा रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ