• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपाल सुपर लिग- पाेखरामाथि काठमाण्डाैकाे जित

2.1K
SHARES



काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्सले काठमाण्डाै रेजर्समाथि पुनरागमन जित निकालेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखरा काठमाण्डाैसँग २-१ गाेल अन्तरले पराजित भएको छ ।

खेलमा पाेखराले शुरुवाती अग्रता लिएकाे थियाे । पहिलाे हाफ गाेलरहित बराबरी सकिएकाे खेलकाे ५७ औँ मिनेटमा आयुष घलानले गाेल गर्दै पाेखरालाई अग्रता दिलाएका थिए ।

तर खेलकाे ८२ औँ मिनेटमा काठमाण्डाैका जुनियर एनकेनगेले गाेल गर्दै खेल १-१ काे बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयकाे तेस्राे मिनेटमा काठमाण्डाैका जाेकिर शाेख्रुखले गाेल गर्दै टाेलीलाई २-१ ले जिताए ।

याे जितसँगै काठमाण्डाै ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाेखरा उति नै खेलमा ८ अङ्क भए पनि गाेल अन्तरका आधारमा चाैथाे स्थानमा रहेको छ । एनएसएलमा पाेखराकाे याे पहिलाे हार हाे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ