• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

अफगानिस्तानविरूद्ध नेपालले गुमायो पहिलो विकेट

3.7K
SHARES



काठमाडौँ। एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै एक विकेट गुमाएको छ ।

विपिन रावल चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए । दुबईको आइसिसी ओभल-२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २ सय ६१ रनमा अलआउट भयो । अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार ग रे । अन्तिम ओभरमा रिटायर्ड हट हुनुअघि उनले १ सय ६ रन जोडे । उनले १५२ बलमा ८ चौका प्रहार गरे ।

जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए । सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए।२८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे ।

रहिमुल्लाहसँगै नुमान शाहले पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो। नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो ।

अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए । त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिए। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ