• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एसीसी यू-१९ एसिया कप क्रिकेट- नेपालले गुमायो पहिलो विकेट

3K
SHARES



काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीलाई गुमाएको हो ।

तिलक ९ बलमा १ चौकाको मद्दतले ७ रन बनाउँदै आउट भएका हुन् । उनलाई पाकिस्तानी बलर अमिर हसनले साद बेगद्वारा क्याच गराएका थिए । २.२ ओभरमा तिलक आउट हुँदा नेपालले १० रन बनाएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालको प्लेइङ-११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलक भण्डारी, आकाश त्रिपाठी, विपिन रावल ९विकेटकिपर०, दीपेश कँडेल, विशालविक्रम केसी, आकाश चन्द, सुवाष भण्डारी, गुल्सन झा र उत्तम रंगु थापामगर रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ