• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण पदकसहित नेपाल च्याम्पियन

3.1K
SHARES



काठमाण्डौ। सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ ।

नेपालले थप २६ रजत र ६ कास्य पनि इटेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भयो ।

नेपाल कराँते महासङ्घद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य हात पार्‍याे ।

त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कास्यसाथ श्रीलंकाको टिम पाँचौँ तथा २ कास्यसाथ भुटान छैटौँ भए ।

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी रहेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ