• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७% सम्म छुट

2.7K
SHARES



काठमाडौँ । ज्योति विकास बैंकले ग्राहकवर्गलाई ‘सी फूड’ बाट माछा-मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७% सम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेकी हुन् ।

ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ