• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सोनापुर सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

2.7K
SHARES



काठमाडौँ। सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

असोज २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेपनि हिजो असोज १७ गते नै माग भन्दा बढीको आवेदन परेकोले कम्पनीले आज असोज १८ गते बैंकिङ्ग समयपछि आईपीओ बिक्रि बन्द गर्ने निर्णय गरेको हो ।

असोज १७ गते बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ८६ हजार ७ सय ५० जना आवेदकले १ करोड १७ लाख ५२ हजार २ सय ९० कित्ताका लागि २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन दिएका छन्। यो माग गरिए भन्दा १.२० गुणा बढी हो ।

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ