काठमाण्डाै । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिए ।
भुकम्पले हल्लाएपछि अछामको दर्नामा रहेको विन्ध्यवासिनि मा. वि दर्नाकाे विज्ञान भबन बाट हाम फाल्दा मेघराज साउदकाे छाेरा सन्तोष साउद घाईते भएका छन् । भूकम्पका कारण बझाङमा केही घरहरु पनि भत्किएका छन्।
यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । भूकम्पकाे विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया