बैतडी । आफ्नै आजुरनुबुबाको कुटाइबाट बैतडीमा एक बालकको ज्यान गएकाे छ ।
पुर्चौंडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय नाति रेशम साउदको ज्यान गएकाे हाे । हजुरबुबाकै कुटाइबाट अर्का ८ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान ज्यान गएकाे हाे ।
यस्तै, रिजनकाे कैलालीको धनगढीमा रहेकाे नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेकाे छ । बिहीवार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुबा गणेशले दुवैजनालाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताएका छन् । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया