• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नेप्सेमा १७ अङ्कको वृद्धि, कतिको भयो कारोबार ?

2.2K
SHARES



काठमाडौँ । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकबढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । आजपनी क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३ सय ५८.०३ अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ । १७ अङ्कमाथिले नेप्से बढेको दिन १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचकहरू धनात्मक (बढेका) छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३५ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२१ प्रतिशतलेबढेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ