काठमाडौँ। भारतीय निर्देशक प्रदीप सरकारको निधन्भ एको छ । ६८ वर्षको उमेरमा उनको शुक्रबार बिहान ३ बजे निधन् भएको हो ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी लामो समयदेखि बिरामी थिए । उनी डायलासिसको सहारामा बाँचिरहेका थिए ।
उनको मृत्युपछि बलिउड कलाकारहरूले शोक व्यक्त गरिरहेका छन् । उनले ‘परिणीता, हेलीकप्टर इला, लागा चुनरी मे दागः जर्नी अफ ए वुमन, लफंगे परिन्दे, मर्दानी’ जस्ता फिल्म निर्देशन गरेका थिए ।
उनी अभिभावक र बच्चाबीचको उमेर अन्तरको कथामा नयाँ फिल्म निर्देशन गर्ने तयारीमा थिए। उनले पछिल्लो समय ‘कैसी पहेली जिन्दगानी’ फिल्म निर्देशन गरेका थिए ।
प्रतिक्रिया