• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    क्रान्तिकारीका महासचिव, सचिव र कोषाध्यक्षले दिए विप्लव नसच्चिए विद्रोह गर्ने चेतावनी

    5.7K
    SHARES



    काठमाडौँ । पार्टी भित्रको ओविवाद चर्किएक बेला विवाद समाधान गर्न तिर लाग्नुको साटो मुख्य नेतृत्व भएर पनि पार्टीका लिडरबिरुद्ध बिज्ञप्ति जारी गरेर पार्टी फुटको घोषणा गरेको भन्दै नेकपाको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारीका महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवलाई सच्चिन आग्रह गरेका छन् ।

    विप्लवले सहिदहरूको सपना, पार्टी/आन्दोलन र क्रान्तिभन्दा ठूलो ठानेर दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णयविपरीत लहसिएर पार्टी फुटाउन उद्यत हुँदै पार्टीका सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमाथि गरेको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारबाहीले सङ्गठन स्तब्ध भएको बताएका छन् ।

    तीनैजना पदाधिकारीले सङ्गठनको केन्द्रीय समितिका तर्फबाट संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टी नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने पवित्र उद्देश्य अझै जारी रहेको तर पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएन भने निराशा र धोकाधडीबीचबाट फेरि पनि चुनौती मोल्दै क्रान्तिको झन्डा बोकेर सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन सम्पूर्ण नेता–कार्यकर्ता, शुभचिन्तक र समर्थक विद्यार्थीमा हार्दिक आह्वान गरिएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो महान् तथा लाखौँ विद्यार्थीहरूको प्रिय सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) शिक्षाको समग्र आमूल रूपान्तरण, राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर हाम्रा सहिदहरूले देखाएको मार्ग पछ्याउँदै अगाडि बढिरहेको सर्वविदित्तै छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका निषेधात्मक अभिधूतवाद, आत्मसुरक्षावाद, आत्मसमपर्णवाद, नवसंशोधनवाद र दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई जहिले पनि धोकाधडी र घात हुँदै आएको कुराबारे हामी सबै जानकार नै छौँ ।’

    विज्ञप्तिमा भनिएको छ, ‘सहिदहरूको सपना, पार्टी/आन्दोलन र क्रान्तिभन्दा ठूलो ठानेर दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णयविपरीत लहसिएर पार्टी फुटाउन उद्यत भई महासचिव क. विप्लवद्वारा पार्टीका सचिवालय सदस्यद्वय क. धर्मेन्द्र बास्तोला र क. हेमन्तप्रकाश ओलीमाथि गरिएको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारबाहीले हामी स्तब्ध भएका छौँ । उक्त कदम फिर्ता लिई सैद्धान्तिक, वैचारिक र राजनीतिक बहसका लागि तयार भई पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढाउन पार्टी नेतृत्वलाई आग्रह गर्दछौँ । यसै विषयलाई समर्थन गर्दै हाम्रो सङ्गठनका अध्यक्ष क. प्रकाश शाहीद्वारा गुटगत र फुटबादी मानसिकताबाट सम्बन्धित कमिटीमा सल्लाह नै नगरी निकालिएको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

    विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने हाम्रो पवित्र उद्देश्य अझै जारी रहनेछ । पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएन भने निराशा र धोकाधडीबीचबाट फेरि पनि चुनौती मोल्दै क्रान्तिको झन्डा बोकेर सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन हाम्रो सङ्गठन सम्पूर्ण नेता–कार्यकर्ता कमरेडहरू, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरूमा हार्दिक आह्वान र अपिल गर्दछौँ ।’

    नेकपाको हालै सम्पन्न १२औं केन्द्रीय समिती बैठकले एकमतले निर्वाचनमा नजाने निर्णय गरेको थियो । स्थानिय तह निर्वाचन उपयोग गर्ने प्रस्ताव पेश गरेका विप्लव अल्पमतमा परेर प्रस्ताव परिमार्जन गर्नुपरेपछि बैठक सकेर प्रशिक्षण दिन फिल्डमा गएका विप्लवले नेता कार्यकर्ताकोबीचमा आफुले ल्याएको चुनाव उपयोगको कार्यनीति नबुझेको भन्दै नेताहरुप्रति गुनासो गर्दै इगेका थिए । अन्तः उनि आफैले पार्टीको निर्णय उलंघन गर्दै इआफ़ु निकट केही कन्द्रीय सदस्यलाई चुनावमा उठान पठाएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया