• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

बैक-विमा

माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डीजीएममा अर्याल

4.9K
SHARES



काठमाडौँ । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव बटुलेका बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार थापा बैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् । डीजीएम पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव संगालेका छन् ।

अर्यालँंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको बैंकले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकले नेपालभर हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ्ग सुविधामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ