• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    समाचार किन लेखेको भन्दै सञ्चारकेन्द्रकर्मीलाई गाउँपालीका अध्यक्षको धम्की र अश्लिल गालीगलौज, अडियोसहित

    13.3K
    SHARES

    डढेल्धुरा । सञ्चारकेन्द्र डटकमका डढेल्धुरा संवाददाता मनोज रावतलाई आलिताल गाउँपालीकाका अध्यक्ष बल बहादुर गुरुङले धम्की दिएका छन्। उनकै मिलोमतोमा भइरहेको अबैध खोला उत्खननबारे संवाददाता रावतले लेखेको बिस्तृत समाचार आइतवार सञ्चारकेन्द्रमा प्रकाशन भएको थियो । सोहि समाचारको बिषयलाई लिएर अध्यक्ष गुरुङले आइतवार राति टेलिफोन गर्दै अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका हुन् ।

    स्थानीय तहको सत्ता सम्हालीरहेका प्रतिनिधिले आफ्नाबारे आएका समाचारको खण्डन गर्नुको साटो यसरी अपसब्द प्रयोग गरि अश्लील गालिीगलाैज र धाकधम्कीमा उत्रिनुले उनीहरुकै चरित्र उदाङ्गो भएको छ । गुरुङको यस प्रकारको हर्कतले आलितालका उनका मतदाताले लाजले मुख छोप्नुपर्ने अवस्था आएको छ ।

    पछिल्लो चरण देशभर विभिन्न स्थानीय तहमा ब्यापक भ्रष्टाचार मौलाउदै गएको छ । त्यसै शिलशिलामा गाउँपालिका अध्यक्षकै मिलोमतोमा खोला अबैध उत्खनन भएको जन गुनासो आएपछि सञ्चारकेन्द्रले आलितालक अध्यक्ष समेतको धारणा लिएर समाचार लेखेको थियो । समाचार स्रोतका अनुसार अध्यक्ष गुरुङ यस्ता अन्य थुप्रै कार्यमा मुछिएका छन्।

    टेलिफोन संवादमा अध्यक्ष गुरुङले सञ्चारकेन्द्रकर्मी रावतलाई ‘तँजस्ता पत्रकारलाई त के गर्नुपर्छ भन्ने कुरा मलाई डडेल्धुरा आउनदे न मुला….’ भन्दै उनले अश्लील गालीगलौज गरेका हुन् । ‘तँजस्ता पनि पत्रकार हुन्छन मु……., तँ कहाँको पत्रकार होस् साला ? मेरो फेला पर्या छैनस् मु…. !’ अश्लील शब्द प्रयोग गर्दै उनले भनेका छन् । उनले प्रयोग गरेका कतिपय अपशब्दहरु यहाँ उल्लेख गरिएको छैन तर तपाईले अडियोमा भने सुन्न सक्नुहुनेछ ।

    स्थानीय तहको बजेट दुरुपयोग गर्न उनले अनेक बहाना बनाउदै आएको स्थानीयाहरुको गुनासो छ । अबैधरुपमा खोला उत्खनन गरेर ढुंगा, बलुवा र गिट्टी निकालिएको प्रकरणमा पनि उनको मिलोमतो प्रष्ट देखिन्छ । सञ्चारकेन्द्रले उनीसँग प्रतिक्रिया लिँदा नै उनले आउदो भदौसम्म यस्तो कार्य रोक्न नसकिने र त्यसपछि मात्र नयाँ निर्णय हुने बताएका थिए । उनको उक्त भनाईबाट पनि प्रष्ट हुन्छ कि उनी त्यसरी नै ठेकेदारहरुलाई बालुवा गिट्टी निकाल्न दिएर आफुले कमिशन खान चाहन्छन् ।

    यसअघि पनि गुरुङ आफैले गाउँपालिका जाने पुल र आलिताल ८ को रिङरोडको टेण्डर लिएको समाचार स्रोतको दाबी छ । बाहिर देखाउन ठेक्का भीम बहादुर साउदलाई दिएपछि काम चाही उनकै मुख्य ठेकेदारले गरेका थिए । त्यसरी घुमाउरो शैलीले आफै बाटो, पुल निर्माणको ठेक्का लिएर गाउँपालिकाको बजेट झ्वाम पार्ने जनप्रतिनिधिका रुपमा चिनिएका अध्यक्ष गुरुङले सञ्चारकर्मीलाई धम्क्याएर आफ्नो बचेखुचेको हैसियत पनि गिराएका छन् ।

    खोलाबाट ढुंगा वालुवा निकाल्नेबारेमा आइईई गरेको दुई बर्ष बितिसक्दा पनि गाउँपालिकाले ठोस निर्णय गर्न नसक्दा बर्षातमा समेत अबैधरुपमा जथाभावी खोला उत्खनन गर्ने क्रम बढेको कुरा सरोकारवाला जनताले उठाएपछि सञ्चारकेन्द्रले भण्डाफोर गरेको थियो । स्थानीयवासी र सरोकारवाला समुदायले बारम्बार कुरा उठाउँदा पनि गाउँपालिकाले नयाँ आर्थिक वर्षमा यसबारे छलफल गरौला भन्दै टार्ने र अर्को तिर ठेकेदारहरुले लगातार खोला खानिरहँदा बेखबर हुनुले गाउँपालिका अध्यक्षको मिलोपतो रहेको प्रष्ट हुन्छ ।

    यस्तो थियो उक्त समाचार-  बर्षातमा समेत आलितालमा अबैध खोला उत्खनन, गाउँपालिका अध्यक्ष भन्छन्- ‘मलाई थाहा छैन’

    यता सरोकारवाला समुदायसँग एउटा कुरा गरेर आलटाल गर्दै गाउँपालिकाले उता अबैध उत्खनन कार्यलाई रोक्न नसक्दा जनताले जनप्रतिनिधिहरुलाई शंकाको दृष्टिकोणले हेर्न थालेको बिषय समाचारमा उल्लेख हुँदा गाउँपालिका अध्यक्ष गुरुङले सञ्चारकेन्द्रकर्मी मनोज रावतलाई यसरी अश्लिल गाली गरेका हुन् ।

    कुनै पनि व्यक्तिका बारेमा प्रकाशित भएका समाचारका बिषयमा आफुलाई चित्त नबुझे सम्बन्धित मिडियामा खण्डन प्रकाशित गर्न सकिने र खण्डन प्रकाशनमा समेत चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारलाई यसरी फोन गरेर धम्क्याउनु गैर कानुनी र मर्यादा बिपरित हुन्छ । यस्ता घटनाको संचारकेन्द्र डटकम घोर भत्सर्ना गर्दछ । सुन्नुहोस अडियो

    Sanchar Kendra · सञ्चारकेन्द्रकर्मी मनाेज रावतलाई आलिताल गापा अध्यक्ष बल बहादुर गुरुङको गालीगलौज र धम्की

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ