• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सञ्चारकेन्द्र समाचार प्रभाव: पोखरा २१ को घुस प्रकरणबारे अख्तियारद्वारा अनुसन्धान सुरु

    11.4K
    SHARES

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा सदस्य राम बहादुर गुरुङले हर्राबोट रातामाटे सडक निर्माण  उपभोक्ता समितिका अध्यक्ष महेश्वर भण्डारीसँग घुस मागेको अडियो सञ्चारकेन्द्रले सार्बजनिक गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले उक्त घटनामा चाँसो चासो देखाएको छ ।

    आयोग पोखराका एक अधिकारीले आइतवार सञ्चारकेन्द्रलाई सम्पर्क गरी आफ़ुहरुहरुले अनुसन्धान सुरु गरेको बताएका छन् । ति अधिकारीले वडा सदस्य गरूङका साथै वडा अध्यक्षमाथि समेत अनुसन्धान हुने बताएका छन् । उक्त घुस प्रकरणको अडियो २ महिना पहिला नै वडा अध्यक्ष, सत्तारुढ नेकपाको पार्टी वडा अध्यक्ष र पोखरा महानगरका मेयरसँग पुगिसक्दा पनि घटनालाई गुपचुप राखिएको समाचार बाहिरिएकाले अनुसन्धन थप फराकिलो हुने उनले संचारकेन्द्रलाई बताए ।

    सञ्चारकेन्द्रले सार्वजनिक गरेको अडियोमा गुरुङले अनील नामका एक इञ्जिनीयरको नाम समेत लिएका छन् । उनले भनेका छन्- “अनिल होस् कि अर्को कोही होस् पैसा नखाई काम नै गर्दैनन् । धेर थोर पैसा नभइ मैले पनि फाइल बुझ्दिन, किन बुझ्ने ?” वडा सदस्य गुरुङले निरन्तर पैसा माग्दै भनेका छन् – ”काम गर्ने भए त्यहि अनुसार कुरा गर्नुहोस् हैन भने मलाइ केहि मतलब हुन्न !”

    उक्त अडियोमा वडा अध्यक्षले इञ्जिनीयरमार्फत फाइनल इस्टमेट गराउन दुइ दिन लाग्ने र त्यसपछि तल साइन गराउनुपर्ने तर्क गरेका छन्। उनले भनेका छन् – ”साइन हनाउन पैसा चाहिएन त ? यहाँबाट दुइ जनाको साइन हनाउनुपर्छ । एक जना त्यहाँ नगरपालिकाकोले साइन हान्नुपर्छ, एक लाख रुपैयाँ घुस मागेका छन् । अन्तिममा ५० हजार पनि दिन सक्दैनौ ? ५० हजार त देउ । नत्र फाइल यहाँ आएर रोकिएर बसेको छ। त्यति पनि नगर्ने हो भने हेरेर बस, म त केहि पनि भन्दिन” उनले बाटो निर्माण उपभोक्ता समितिका अध्यक्षसँगको टेलिफोन कुराकानीका क्रममा भनेका छन् ।

    गुरुङले घुस नपाए इस्टमिट समेत घट्ने धम्की दिएका छन् । “इञ्जिनीयरले पनि मेरो दिमाख खाए, वडा अध्यक्ष त्यहाँ के गरेर बसेका छौ, अहिलेसम्म त्यो बाटो निर्माण पनि सम्पन्न गर्न सक्दैनौ भनेर कराएको छ । दिमाख खराब ! उनीहरुले मागेको पैसा देउ के नत्र इस्टमिटमा घटाइदिन्छ। तिमीले त्यत्रो १२/१५ लाखको काम गर्दा आइहाल्छ नी ! ५० हजार जति पैसा लिएर आउ, फाइल पनि लिएर आउ, हरेक वडामा त्यसरी नै काम भएको छ त अनि” भनेर निरन्तर बार्गेनिङ गरेका छन् ।

    यस्तै घुस प्रकरणको अडियो सार्बजनिक भएपछि वडा सदस्य गुरुङले बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश्वर भण्डारीको परिवार नै उडाइदिने धम्की दिएका छन् । हर्राबोट रातामाटे सडक निर्माण गर्दा सम्पन्नको फाइल सदर गर्नका लागि उपभोक्ता समिति र ठेकेदारसँग घुस माग्नका लागि उनले बार्गेनिङ गरेको अडियो सञ्चारकेन्द्रले प्राप्त गरेको थियो। उक्त अडियोसहितको समाचार सञ्चारकेन्द्रले ब्रेक गरेपछि वडासदस्य गुरुङले बाटो निर्माण समितिका अध्यक्षलाई धम्क्याएका हुन्।

    समाचार श्रोतका अनुसार यो घुस बार्गेनिङको अडियो उक्त वडाका वडा अध्यक्ष र सत्तारुढ नेकपाका वडा अध्यक्ष हुँदै जिल्ला पार्टीसम्म २ महिना अघि नै पुगिसकेको थियो । तर उक्त वडादेखि महानगर हुँदै जिल्ला पार्टी अध्यक्षसम्म पूर्व एमालेको नेतृत्व भएका कारण यो घटनालाई गुपचुप राख्न खोजिएको थियो ।

    जनप्रतिनिधिले यसरी खान्छन् घुस, वडा सदस्य गुरुङले हाकाहाकी बार्गेनिङ गरेको अडियोसहित

    घुस मागेको अडियो बाहिरिएपछि वडासदस्य गुरुङको धम्की-‘तिम्रो फेमिली नै उडाइदिन्छु’ (अडियोसहित)

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ