• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    घुस मागेको अडियो बाहिरिएपछि वडासदस्य गुरुङको धम्की-‘तिम्रो फेमिली नै उडाइदिन्छु’ (अडियोसहित)

    11.2K
    SHARES

    काठमाडाैं । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा सदस्य राम बहादुर गुरुङले एउटा बाटो निर्माण उपभोक्ता समितिका अध्यक्षसँग घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले सोहि उपभोक्ता समितिका अध्यक्ष महेश्वर भण्डारीको परिवार नै उडाइदिने धम्की दिएका छन् । पोखरा २१ का वडा सदस्य गुरुङले घुस मागेको अडियो शुक्रबार सञ्चारकेन्द्रले सार्बजनिक गरेको थियो ।

    हर्राबोट रातामाटे सडक निर्माण गर्दा सम्पन्नको फाइल सदर गर्नका लागि उपभोक्ता समिति र ठेकेदारसँग घुस माग्नका लागि उनले बार्गेनिङ गरेको अडियो सञ्चारकेन्द्रले प्राप्त गरेको थियो। उक्त अडियोसहितको समाचार सञ्चारकेन्द्रले ब्रेक गरेपछि वडासदस्य गुरुङले बाटो निर्माण समितिका अध्यक्षलाई धम्क्याएका हुन्।

    अडियोसहितको समाचार प्रकाशित भएपछि बाटो निर्माण समितिका अध्यक्षलाई धम्की दिँदै गुरुङले भनेका छन् ‘हेर भाई, तिम्ले मेरो करियरमाथि दाग लगाउने कोशिस गर्यौ भने तिम्रो फेमिली नै उडाइदिन्छु बुझ्यौ नि ।’  गुरुङले अध्यक्ष भण्डारीलाई उल्टो ‘इञ्जिनियरलाई पैसा दिएको भन्दै आफुले काँग्रेस र माओवादीलाई उहिलै सिध्याएको बताएका छन् । ‘काँग्रेस र माओवादीलाई त उहिलै सिध्याएको मान्छे हुँ तिमी त को हौ र ?’ धम्क्याउदै भनेका छन् ।

    समाचार श्रोतका अनुसार यो घुस बार्गेनिङको अडियो उक्त वडाका वडा अध्यक्ष र सत्तारुढ नेकपाका वडा अध्यक्ष हुँदै जिल्ला पार्टीसम्म एक हप्ताअघि नै पुगिसकेको थियो । तर उक्त वडादेखि महानगर हुँदै जिल्ला पार्टी अध्यक्षसम्म पूर्व एमालेको नेतृत्व भएका कारण यो घटनालाई गुपचुप राख्न खोजिएको थियो ।

    स्रोतले भन्यो – ‘यदि यो अडियो सञ्चारकेन्द्रलाई प्राप्त नभएको भए यो घटना जनस्तरमा नै नआइ त्यसै लुक्ने खतरा बढी थियो ।’ सञ्चारकेन्द्रको गोप्य स्रोतले उपलब्ध गराएका ५ वटा अडियो फाइलमध्ये केहि मात्र सार्बजनिक गरिएका छन् । त्यसमा प्रयोग भएका अपाच्य सब्दका कारण हामीले अझै केहि अडियो फाइल सार्बजनिक नगरी सुरक्षित राखेका छौ ।

    स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट बिजयी वडा सदस्य गुरुङले इञ्जिनीयरहरुले पैसा नखाइ फिल्डमा काम गर्न नआउने भएका कारण पैसा चाहियो भन्दै बार्गेनिङ गरेका हुन् ।

    संचारकेन्द्रले सार्वजनिक गरेको अघिल्लो अडियोमा घुस माग्ने अनील नामका एक इञ्जिनीयरको नाम समेत लिएका छन् । उनले भनेका छन्- “अनिल होस् कि अर्को कोही होस् पैसा नखाई काम नै गर्दैनन् । धेर थोर पैसा नभइ मैले पनि फाइल बुझ्दिन, किन बुझ्ने ?” वडा सदस्य गुरुङले निरन्तर पैसा माग्दै भनेका छन् – ”काम गर्ने भए त्यहि अनुसार कुरा गर्नुहोस् हैन भने मलाइ केहि मतलब हुन्न !” सुन्नुहोस धम्की दिएको अडियो…

    Sanchar Kendra · वडा सदस्य राम बहादुर गुरुङको धम्की- ‘तेरो फेमिली उडाईदिन्छु’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ