• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    लकडाउनकाे १८ औं दिन १८ तस्विरमा हेर्नुहाेस यस्ताे चिरिच्याट्ट काठमाडाैं

    12.3K
    SHARES

    काठमाडाैं । आज चैत २८ गते शुक्रबार । देश लकडाउनमा गएकाे १८ औं दिन । संघिय राजधानी काठमाडाैं सुनसान छ । अरू बेला सवारिसाधन र मान्छेको चापले थिचिएका काठमाडाैंका सडकहरुले यतिबेला भने आराम पाएका छन ।

    शुक्रबार काेटेश्वरदेखि तीनकुने बानेश्वर हुँदै बबरमहल, माइतिघर, शहिदगेट र रत्नपार्कसम्म पुग्दा धुलाेधुँवा र जामरहित काठमाडाैं चिरिच्याट्ट बनेकाे भान हुन्थ्याे । कहिँ छुटफुटरूपमा सडकमा गुडेका साना सवारी साधनहरूमाथि सुरक्षाकर्मीकाे कडा नजर परेकाे देखिन्थ्याे भने कहिँ बाहिर ननिस्किन र घरमै बसेर सरकारले आव्हान गरेकाे लकडाउनलाई सघाउन आग्रह गरेकाे पनि देखिन्थ्याे ।

    चीनको वुहानबाट विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले यहि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको हाे ।

    लकडाउनले राजधानीका गल्ली सकड ब्यापारी महल सुनसान बनेका छन् भने प्रत्येक चोकचोकमा प्रहरी खटिएका छन्। बजार ठप्प छ भने अत्यावश्यक सामाग्री पाइने पसल पनि छुटफुट खुलेका छन् । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन आगामि वैशाख ३ गतेसम्म जारी रहनेछ।

    उता रौतहटमा त लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन स्थानीय प्रशासनले साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न पनि भ्यायाे।

    बिहीबार साँझ गौर बजारको मुख्य सडकमा साउण्ड सिस्टम जोडेर सशस्त्र प्रहरी बल रौतहटका एसपी रविनराज कर्णजित गीत गाए । एसपी कर्णजितले ‘पछताउनु पर्ला हैं, कोरोना भाइरसले’ बोलको गीत गाउन शुरु गर्दा स्थानीयले घरको छतबाट हेरेर ताली बजाएका थिए ।

    कोरोना भाइरसको लक्षण र त्यसबाट जोगिन अपनाउनुपर्ने उपाय समेटिएको सो गीत प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले लेखेका थिए । स्थानीयले आफ्नै घरको छत र ढोका बाहिरबाट कार्यक्रमको आनन्द लिएका थिए ।

    हालसम्म नेपालमा कोरानाको संक्रमण भने जम्मा ९ जनामा देखिएको छ । जसमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरना संक्रमणको जाच गर्नका लागि देशको राजधानीसहित अन्य ६ ठाउँमा ल्याब सथापना गरिसकेको छ ।

    दैनिक सयौको संख्यामा परिक्षण गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई नागरिकले पालना गरेर कोरोना संक्रमणलाई रोकथाममा  सरकारलाई सहयोग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ