• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवको साथ छोड्दै निवर्तमान पोलिटब्युरो सदस्य गम्भीरले गरे पार्टी परित्याग, कारणसहित

    15.3K
    SHARES



    समीर चन्द, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान पोलिट्ब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ले पार्टी परित्याग गरेका छन । मंगलवार एक प्रेस बिज्ञपति जारी गर्दै गम्भीरले पार्टी परित्याग गरेको घोषणा गरेका छन । माओवादीले सुरु गरेको जनयुद्धमा उच्च तहको नेतृत्व समालिसकेका गम्भीर लामो समयदेखि पार्टिको बिशेष जिम्मेवारीमा थिए । २०६९ सालमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र बिभाजन हुँदा बैध्यलाई साथ दिएका धमलाले वैद्य माओवादी बिभाजन भइ विप्लव नेतृत्वमा नेकपा माओवादी गठन गर्दा उनी विप्लवलाई साथ दिन पुगेका थिए । प्रचण्ड बाबुरामले क्रान्तिका अधुरा कामलाइ बिचैमा छोडेर संसदीय राजनीतिमा फसेको भन्दै पुनः क्रान्ति गर्न भनेर विप्लव नेतृत्वको नेकपामा सामेल भएका धमलालाई विप्लवले २०७५ बैशाख आसपासदेखी पार्टीको विशेष ब्युरो इन्चार्जको जिम्मेवारी दिएका थिए ।

    गत बर्षदेखि विप्लवले उनी मार्फत नै पार्टीका नेता कार्यकर्ताको गतिविधि र फिल्डबाट आएको रिपोर्टको फ्याक्ट चेक गर्ने गरेका थिए । पार्टीको केन्द्रिय कार्यलय सचिब र पार्टीका कतिपय उच्च तहकै नेताहरूले फिल्डमा खटिने नेता कार्यकर्ता र जनबर्गीय संगठनका बारेमा केहि फेक रिपोर्ट दिन थालेपछि विप्लवले गत बर्षदेखि धमलामार्फत रिपोर्ट रि-चेक गर्ने गरेका थिए । नेकपाले केही महिना अगाडि पार्टी शुद्धिकरणका लागि भन्दै पार्टीको स्थायी समिति र पोलिट्ब्युरो विघटन गर्दै केन्द्रिय समितीका १७ जनलाई घटुवा गरेको थियो ।

    उक्त घटुवामा केन्द्रिय समितिमा समेत नपरेर हटाइएका धमला पार्टीसंग असन्तुष्ट थिए । पार्टीले घटुवामा परेका र जेल हिरासत बसेर आएका नेता कार्यकर्तालाई कम्तिमा ६ महिना पार्टीको कुनै पनि जिम्मेवारीमा नराख्ने निर्णय गरेको थियो । धमला भने उक्त निर्णयप्रति असहमति जनाउदै आएका थिए । उनले ६ पनि कुर्न नसकी पार्टी पतित्याग गर्दै स्वतन्त्र बस्ने घोषण गरेका छन । गत बर्ष नै उनले काठमाडौंमा घर बनाएको भनेर पार्टी भित्र हल्ला चलेको थियो । त्यतिबेला उनले सुर्खेतको घर बेचेर काठमाडौंमा घर बनाएको स्पस्टिकरण पार्टीलाई दिएको नेकपा स्रोतले संचारकेन्द्रलाई बताएको छ ।

    उनले विज्ञप्तिमा भनेका छन् – ‘उपरोक्त सम्वन्धमा म विगत लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दै आइरहेकोमा पार्टीको पछिल्लो योजना र समग्र विषयमा सहमति हुन सकिन । तसर्थ सांगठनिक रुपमा म उक्त पार्टीमा नरहने घोषणा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दे आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टीलाई परित्याग गरेर स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहनेछु ।’

    गत बर्ष साउनमा पार्टी केन्द्रिय समितिको बैठक सकेर बुटवलबाट काठमाडौं आउदै गर्दा सुराकिको सूचनका आधारमा प्रहरीले उनलाई गिरफ्तार गर्दा पार्टीको दस्तावेज र योजनहरु खुलेको भन्दै नेताहरू उनीसंग असन्तुष्ट बनेका थिए । नेकपा स्रोतका अनुसार धमला र मोहन कार्की जिवन्तलाई त्यतिबेला पार्टीकै पत्रकार संगठनका एक नेताले बुटवलबाट काठमाडौंको बस चढाएका थिए। प्रहरीले उनै पत्रकार नेता मार्फत सुचना लिएर दुबै जनालाई गिरफ्तार गरेको र पार्टीको योजना एक्सपोज भएको चर्चा त्यतिबेला पार्टी भित्र ब्यापक चलेको थियो ।

    त्यतिबेला पार्टीको पत्रकार संगठनमा व्यापक बिबाद थियो । पार्टीको जनबर्गीय संगठनका इन्चार्ज समेत रहेका कार्कीलाई प्रहरी हिरासतमा राखेपछि विप्लवले उनलाइ सोध्न नपाउने र आफ्नो पक्षमा निर्णय हुने देखेपछि ती पत्रकारले उनिहरुलाई गिरफ्तार गराएको चर्चा पार्टी भित्र व्यापक चलेको भए पनि एक उच्च तहका नेताको संरक्षणका कारण उनीमाथि अनुसन्धान हुन नसकेको नेकपाका एक केन्द्रीय सदस्यले सञ्चारकेन्द्रलाई बताए ।

    मोहन कार्की पत्रकार संगठनमा सिनिएर मध्येबाट नेतृत्व चयन गर्नुपर्ने अडानमा थिए भने केही नेताहरू पूराना र सिनियर पत्रकारलाई जिम्मेवारी नदिएर नयाँ र आफ्नो अनुकुलतामा चल्ने ब्यक्तिलाई जिम्मेवारी दिन चाहन्थे । धमला र कार्की जेल परेपछि पत्रकार संगठनका बारेमा तत्कालिन फ्याक्सन इन्चार्ज कार्कीको सिफारिस र केन्द्रिय समितिको म्यान्डेड भन्दा बाहिरबाट ५ जनाको स्थायी समितिले अप्रत्याशित निर्णय गरेको थियो । हालै विप्लवले स्थयी समिति र पोलिटब्युरो भङ्ग गरेपछि पोलिटब्युरो सदस्य रहेका दुवै जना कार्की र धमलालाई केन्द्रिय समितिमा समेत नराखी हटाएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ