• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    कम्युनिष्ट पार्टीका केन्द्रिय नेताको घरमा भेटियो ३० अर्ब नगद र १३ टन सुन, रहस्य थाहा पाएर प्रहरी नै चकित

    36K
    SHARES



    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता अवैध ३० अर्ब नगद र १३ टन सुनसहित प’क्रा’उ परेका छन् । हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टा’चार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले प’क्रा’उ गरेको हो ।

    हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ । उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अरब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ ।

    भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा उनको घरमा हजारौं सुनका ‘इट्टा’ भेटिएका थिए । उनको खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अर्ब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको छ ।

    झाङले कानूनको गम्भीर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ । अवैध रुपैयाँ र सुनसहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको छ ।

    उनी पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ । चीनको पूर्वी अन्हुई प्रान्तमा जन्मिएका झाङ सन् १९८३ मा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

    युक्रेनमा ८ यात्रीसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणकाक्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

    द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेढ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीनजनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।

    युक्रेनी आपत्कालीन सेवा सम्बद्ध अधिकारीले चालकदलका सदस्यहरूमध्ये तीनजनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।

    ‘घटनामा पाँचजनाको मृत्यु भएको छ भने तीनजनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ’–युक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

    उक्त विमान किभस्थित युक्रेनी कम्पनी युक्रेन एअर अलाएन्सद्वारा सन्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट युक्रेनका लागि उडेको थियो ।

    प्रारम्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ । युक्रेनी आपत्कालीन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ