काठमाडौँ । दश वर्ष लामो जनयुद्ध र कठोर संघर्षपछि शान्ति प्रकृयामा आएको माओवादी भित्र चरम अन्तरसंघर्ष चर्कियो । माओवादीका तत्कालिन सुप्रिमो प्रचण्डले क्रान्तिमा धोका दिएको भन्दै २०६९ सालमा बैद्य नेतृत्वमा पार्टी विभाजन भयो ।
प्रचण्डलाई दश हात उफ्रेर गाली गालि गर्दै तत्कालिन पार्टी विभाजनको बेला बैद्यका सारथि बनेका राम बहादुर थापा वादल, सिपि गजुरेल, पम्फा भुसाल, देव गुरुङ्ग भित्र भित्रै फर्केर प्रचण्डकै पार्टीमा पोइल जाने तयारी गरिरहेका बेला नेत्र बिक्रम चन्द ‘बिप्लव, खड्क बहादुर बिश्वकर्मा लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेर अगाडी बढ्ने तयारी गरिरहेका थिए ।
पार्टी विभाजनको बेला झन्डै ९५ जति तत्कालीन सभासदसहित छुट्टीएर नेकपा-माओवादी बनाएका नेताहरुको लागि अर्को विभाजन दुखद नै थियो। झन्डै ४२ महिना सँगै रहेर क्रान्तिको तयारी गर्ने लाइनमा रहेका नेताहरु एकाएक अलग हुनुपर्ने खबर आएपछि पार्टी भित्र खैलाबैला मच्चियो ।
ठुलो शक्ति लिएर प्रचण्डकहा नै फर्किने सुरसार कसेका बादल पम्फाहरुका लागि पनि त्यो घटना आकस्मिक नै बन्यो भने बैद्यहरुका लागि पनि अलि अपत्यारिलो नै लागेको थियो तर विप्लव र प्रकाण्डले अलग हुने चिट्ठी बुझाएर शालीन तरिकाले सम्बन्ध विच्छेद गरे ।
अझै पनि केहि मान्छेहरु विप्लवले वैद्यसँग अलग्गिएर किन अर्को पार्टी बनाउनुपर्ने अबस्था आएको होला भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । तत्कालिबेला पार्टी विभाजन गर्दा विप्लवले बैद्यलाई लेखेको चिट्ठी पढेपछि सम्भब यी प्रश्नको जवाफ मिल्नेछ त्यसैले हामीले उक्त चिट्ठी प्रकाशित गरेका छौ ।
आदरणीय कमरेड किरण, अध्यक्ष, नेकपा-माओवादी, विषयः जानकारी गराएको वारे
कमरेड हाम्रो पार्टीमा केही समयदेखि नेपाली क्रान्ति र क्रान्तिकारी पार्टी निमार्णका विषयमा निकै गंभीर र पेचिला बहस र संघर्ष चल्दै आएको प्रष्टै छ । हामीले ती विषयलाई उचित समाधान दिन समुहगत रुपमा र एक्ला एक्लै निरन्तर अन्तरक्रिया, बहस र संघर्ष गर्दै पनि आयौं । परन्तु ती मामिलाहरु हल हुनुका सट्टा झन् गहिरिँदै गए । केन्द्रीय समितिको वैठकमा कमरेड किरणले पेश गर्नु भएको प्रस्तावसम्म पुग्दा त संगै बस्न र सहकार्यमा रहन नै असम्भव बन्न पुग्यो । तिनको कारण निम्नानुसार रहेका छन् ।
१. नेपाली क्रान्तिलाई कसरी अगाडि वढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी वनाउने भन्ने विषयमा गंभीर अन्तरहरु देखापरे । पदाधिकारी र पीबीको छलफलबाट ती विषय हल नभएपछि गत आषाढमा राष्ट्रिय सम्मेलन गरी निस्कर्ष निकाल्ने कुरा भयो । राष्ट्रिय सम्मेलनको लागि दस्तावेजहरु समेत तयार भए । जव दस्तावेजहरु तयार भए हठात सम्मेलनलाई रोक्ने कुरा अगाडि आयो । सम्मेलन गरेर समाधानतिर जाउँ, सके एउटै दस्तावेज बनाउ नभए सम्मेलनमा आएका प्रतिनिधिहरुले जे पास गर्दछन् त्यसैलाई मानेर जाउँ भन्दा नेतृत्व तयार हुन सकेन । अन्ततः सम्मेलन स्थगित हुन पुग्यो ।
दशै अगाडि कमरेड किरण सँग भेटी यथासिघ्र पूर्ण केन्द्रीय समितिको वैठक बोलाई पार्टी दुइलाइन संघर्षका विषयलाई विशेष महाधिवेशनमा लगेर समाधान गरौं भनेर आग्रह ग¥यौं । कमरेड किरणले महाधिवेशनको कुरै छोडौं, केन्द्रीय समितिको बैठक समेत बोलाउन अस्वीकार गर्नु भयो । नेतृत्वको यो रवैयाले राजनैतिक परिस्थितिले सुम्पिएको सर्वहारावर्गको कार्यभार कमजोर बन्न जाने अवस्था देखा प¥यो ।
२ राजनैतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको छ । साम्राज्यवादी, विस्तारवादी र दलालपँुजीवादीहरु देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्ण रुपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् । माओवादी आन्दोलन विकेन्द्रीत बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक राजनैतिक पहल सहित केन्द्रीकृत र ध्रुर्विकृत गर्न जरुरी छ । यसको लागि कमरेड किरणलाई यथासिघ्र वस्तुवादी कदम चाल्न आग्रह गर्दा पनि ग्रहण र मनन् गर्ने अवस्था रहेन ।
प्रतिक्रान्ति र प्रतिक्रियावादी षड्यन्त्रबाट देश र जनतालाई बचाउँदै नेतृत्व गर्नु पर्ने जिम्मेवारी लिनु पर्ने विषयमा हाम्रो बीचमा सहमति हुन नसकेपछि हाम्रो दस्दावेजसँग सहमति राख्ने कमरेडहरुलाई देशभरीबाट बोलाई सुझाव लिने काम गर्नुपर्ने अवस्था आयो । विचार मिल्नेहरुसँग सबैले अन्र्तक्रियाहरु गरिरहेकै थियौं । हामीले पनि त्यहि शिलशिलामा अन्तरक्रिया ग¥यौं । यसको मुख्य कारण समग्र पार्टी नेतृत्व क्रान्तिको उचित पहल गर्ने जिम्मेवारीबाट अलग हुन पुगेपछि कुनै न कुनै रुपमा उक्त पहललाई अगाडि बढाउनु पर्ने महसुस हुन पुग्नु थियो ।
३. पार्टी गम्भीर मोडमा पुगेको स्थितिमा पनि यदि नयाँ आधारमा नयाँ सहमति भई अग्रगामी समाधान आउँछ भने त्यो उचित हुन्छ भन्ने ठानी हामी केन्द्रीय समितिको पूर्ण वैठकमा सहभागी बन्यौं । परन्तु सारा कमरेडहरुको अपेक्षा विपरित कमरेड किरणले हदै मनोगत अमर्यादित, पुर्वग्राही, फुटपरस्त प्रस्ताव पेश गर्नु भयो ।
कमरेडका अभिब्यक्तिहरु पनि पुर्वग्रहले खचाखच भरिएका एवं असहिष्णु अनुभूत गरियो । यदि उहाँको यो प्रस्ताव र भनाइहरुलाई स्वीकार्ने हो भने पार्टी राजनीतिक रुपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा त फस्ने नै छ साथ साथै क्रान्तिकारी आन्दोलन र पार्टीलाई बिसर्जनको परिणाममा पु¥याउने छ । यो प्रस्तावलाई कुनै पनि क्रान्तिकारीले स्वीकार गर्न सम्भव छैन ।
उल्लेखित परिस्थितिमा हामीले कमरेड किरण सहितको नेतृत्वसँग एउटै पार्टीमा रहेर सहकार्य गर्न असम्भव देख्यौं । जव क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूत रुपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम कार्यमा एक अर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन । यसर्थ हामीले आजका मितिदेखि कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउन चाहन्छौं ।
प्रिय कमरेडहरु नेपाली राजनीतिक वर्गसंघर्षको विशिष्ट वस्तुगत अवस्थाले हाम्रो सहकार्य हाललाई टुटे पनि हामी सबै नेपाली जनता, पार्टी, क्रान्ति, सर्वहारावर्ग र वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित रहँदै जाँदा नयाँ सहकार्यको सुनौलो अवसर पनि प्राप्त हुने छ भन्ने विश्वास छ । निश्चय नै यो हाम्रो जीवनको अप्रिय निर्णय हो ।
परन्तु यसलाई हामीले कुनै ब्यक्तिगत आग्रह पूर्वाग्रहको उपज नठानी एक अर्काप्रति सरल र शिष्ट बन्दै क्रान्तिको नयाँ प्रक्रियामा अगाडि बढौं भन्ने विशेष अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित
विप्लव (सचिव)
नेकपा— माओवादी
मिति: ८ मंसीर २०७२
प्रतिक्रिया