काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट ल्याएको छ।
सरकारले यसबाट १२ खर्ब ७० अर्ब चालु खर्च, ४ खर्ब ३१ अर्ब पुँजीगत खर्च र ४ खर्ब २२ अर्ब वित्तीय व्यवस्थापनमा खर्च हुने उल्लेख गरेको छ।यस वर्ष अर्थ मन्त्रालयका लागि ८४ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ।
अर्थ मन्त्रालयले खर्च नखुल्ने विविध शीर्षकमा समेत ९० अर्ब ४२ करोड रूपैयाँ बजेट राखेको छ। यसरी राखिएको बजेट खर्च अर्थ मन्त्रालयले मनपरी खर्च गर्न सक्ने भन्दै अर्थविदहरूले यस्तो अपारदर्शी शीर्षकमा बजेट नछुट्याउन भन्दै आएका छन्।
अर्थ मन्त्रालयले भने भैपरी आउने प्राकृतिक विपत्ति लगायतमा यस्तो खर्च हुने बताउने गरेको छ।

प्रतिक्रिया