• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते

    286
    SHARES



    धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको शनिबार बिहान मृत्यु भएको हो । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

    दुर्घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि गएराति ११ बजे सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सुर्खेतमै उपचार भइरहेको छ । घाइते हुनेहरूमाः सिराहा जिल्ला, कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षका सन्त कुमार साह शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।

    यस्तै बाँके, नेपालगञ्ज निवासी जीप चालक समेत रहेका २८ वर्षका राज राजेन्द्र भिमराज चट्टान गुप्ताको पनि उनको अवस्था पनि गम्भीर रहेको छ ।

    यस्तै स्याङ्जा, फेदीखोला गाउँपालिका–४ निवासी अर्जुन कुमार पौडेलको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ