• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगन थापा भन्छन् : आगामी निर्वाचनमा सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउछौं

    258
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा महिलाको राजनीतिक सहभागिता बढाउने उद्देश्यसहित कम्तिमा १ सय स्थानीय तहमा महिला उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन्।

    शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले ७५३ स्थानीय तहमध्ये कम्तिमा १०० पालिकामा कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार बनाउने लक्ष्यसहित पार्टीले अहिलेबाटै तयारी सुरु गर्नुपर्ने बताएका हुन्।

    थापाले उम्मेदवार छनोट र प्रशिक्षणलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरिसकेको जानकारी दिए। साथै, नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको र त्यसका लागि छिट्टै खुला आह्वान गरिने बताए।

    स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा लीडरशिप एकेडेमीमा भर्ना भएर निर्धारित तालिम तथा कोर्स पूरा गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए। महिलाको सहभागिता बढाउन अहिलेबाटै धेरैभन्दा धेरै महिलालाई उक्त कार्यक्रममा सहभागी गराउनुपर्नेमा उनले जोड दिए।

    उनले नेपाल थारु संघलगायत भ्रातृ संस्थाहरूलाई सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन र प्रशिक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे। योग्य व्यक्तिहरूलाई निर्वाचन ब्यूरो र लिडरशिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सबै संस्थालाई उनले आह्वान गरे।

    सभापति थापाले अधिवेशन सम्पन्न हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको नेतृत्व चयन प्रक्रिया पनि छिट्टै टुंगिने बताए। नेपाल विद्यार्थीसंघसहित नेतृत्व रिक्त रहेका संगठनहरूको नेतृत्व एक–दुई दिनभित्रै टुंगो लगाइने उनले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ