• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    खेलकुदका २७ जना पदाधिकारी पदमुक्त

    252
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्।

    यससँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्।

    यससँगै खेलकुदमा राजनीतिक नियुक्त लिएकाहरू पनि पदमुक्त भएका छन्। जसमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त भएका २७ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ।

    जसमा राष्ट्रिय खेलकुद परिषदका अधिकांस बोर्ड सदस्य पदमुक्त हुने भएका हुन्। हाल सदस्यसचिव रहेका रामचरित्र मेहता भने सरकारी कर्मचारी भएको र अर्को सदस्य नियुक्त नभएसम्मका लागि सरकारले नियुक्त गरेकाले उनी पदमुक्त हुनेछैनन्।

    यसअघि परिषदमा टंकलाल घिसिङको कार्यकाल सकिएपछि सरकारले महेताले अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिव नियुक्त गरेको थियो। नयाँ सरकार आएसँगै परिषदका उपाध्यक्ष ध्रुव आचार्यले भने पदबाट राजीनामा दिएका थिए।

    पदमुक्त हुनेमा गत पुसमा नियुक्त भएका पाँच जना समेत छन्। तत्कालिन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका थिए।

    गुप्ताले रिक्त भएको सदस्यमा क्रिकेट प्रशिक्षक जगत टमाटा, रग्बी संघका संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ र उद्योग बाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की रहेका थिए।

    सरकारले अब यी रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ