• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘विप्लवसँगै मिलेर ओली सरकार र संसदीय व्यवस्था नै ध्वस्त पार्छौ’

    16K
    SHARES



    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टमाथि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको भन्दै त्यसका बिरुद्ध काठमाडौँको शान्तिबाटिकामा ५ वटा कम्युनिष्ट पार्टीले संयुक्तरुपमा बिरोध प्रदर्शन गरेका छन् ।

    बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र, ऋषि कट्टेल नेतृत्वको नेकपा र विप्लव नेतृत्वको नेकपालगायतका ५ कम्युनिष्ट पार्टीले संयुक्तरुपमा विरोधसभा गरेका हुन् ।

    सभामा बोल्ने अधिकांश नेताहरुले ओली सरकारको फासिवादी कदम र भ्रष्ट्राचारलगायतका तमाम विकृतिका बिरुद्ध कडा अभिव्यक्ति दिएका छन् । बक्ताहरुले ओली सरकारले गाउँ-गाउँमा ब्यापक अनियमितता बढाएको, जनप्रतिनिधिहरुमार्फत बिकाशका नाममा चरम भ्रष्ट्राचार बढाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

    कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष चन्द्रप्रकाश गजुरेलले सच्चा कम्युनिस्टलाई बदनाम गर्न साम्राज्यवादले केपी ओलीको नेतृत्वमा सरकार बनाएर जनतामाथि दमन गरेको आरोप लगाए ।

    उनले अबको आन्दोलन जनगणतन्त्र व्यवस्था प्राप्तिको लागि हुने र ओली ढालेर प्रचण्ड ल्याउनको लागि मात्रै गरिने आन्दोलनको अर्थ नहुने भन्दै दलाल संसदीय व्यवस्था नै ढाल्नको लागि सशक्त आन्दोलन गरिने दावी गरे । उनले शिक्षक, विद्यार्थी, मजदुर तथा सबै तहका जनता सरकारको फासिवादी रवैयाप्रति प्रति पुरै आक्रोसित भएकोले यही मौकामा संसदीय व्यवस्था नै ढाल्नेगरी आन्दोलन चकाईने दावी गरेका छन्।

    माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले ओली सरकारले देशको सिमाना रक्षा गर्न र जनताको अधिकार स्थापति गर्न जनताले दिएको मतको दुरुपयोग गरेको आरोप लगाए । किराँतीले कम्युनिस्टको नाममा बनेको ओली सरकारले कम्युनिस्ट सिद्धान्तकै बदनाम गर्दै सच्चा क्रान्तिकारीहरुमाथि नै दमन गरेर जनताको अधिकार खोसेको दावी गरे ।

    उनले विप्लवलाई सिधै काठमाडौंमा आएर कार्यालय खोलेर राजनीतिक गर्न सुझाव दिँदै त्यसोगर्दा ओली सरकारले दमन  गरे त्यसको सामना गर्न आफूहरु पनि तयार रहेको बताए ।

    अर्को प्रशंगमा नेता किराँतीले टिस्टा र काँगडा फिर्ता गर्ने आन्दोलानमा सबै देशभक्तहरु एकठाउँमा आउन आग्रह गरे । त्यस्तै अर्का वक्ता नेकपाका क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीषले साम्राज्यवादले श्रमिक जनतामाथि प्रतिबन्ध लगाएकोले अब जनताले पनि दलाल पुजिपतिमाथि प्रतिबन्ध लगाउनुपर्ने विचार व्यक्त गरे ।

    उनले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनु भनेको श्रमिक जनताको अधिकारमाथि नै प्रतिबन्ध लगाउनु भएकोले सबै कम्युनिस्टहरुले त्यसको प्रतिवाद गर्नुपर्ने बताए । उनले सरकारका गलत कामको विरुद्ध विप्लवसित सहकार्य गर्ने बताए ।

    सिमाना मिचिँदा ‘चूँ’पनि नबोल्ने सरकारको काम नभएको भन्दै अब सच्चा कम्युनिस्टहरुको पहलमा जनवादी सरकार बनाउपर्नेमा जोड दिए । उनले सदनमा दर्ता भएको नागरिकता विधेयक फिर्ता नभए देश फिजी हुने भन्दै ओली र प्रचण्ड साम्राज्यवादका सामु बिक्री भइसकेकोले सडकबाटै उनीहरुलाई गलहत्याउनु पर्ने धारणा राखे ।

    नेकपाका अध्यक्ष रिषी कट्टेलले जनअधिकारलाई फासिवादीकरण गर्ने केपी ओलीको पनि ज्ञानेन्द्रको जस्तै मन्दिरमा भेटी चढाउँदै हिड्नुपर्ने अवस्था आउने दावी गरे । विप्लव नेकपामाथिको प्रतिबन्धका बारेमा उनले बम पड्काउनेलाई कानुनी कारवाही गर्न सकिने प्रावधान भएपनि पार्टीलाई नै प्रतिबन्ध लगाउनु फासिवादी चरित्र भएको आरोप लगाए ।

    उनले विप्लव माथिको प्रतिबन्ध सिंगो कम्युनिस्ट आन्दोलनमाथिकै प्रतबन्ध भएको भन्दै यस्तो रवैयाको विप्लवसितै मिलेर पर्दाफास गरिने ठोकुवा गरे । ओली र बादल जस्ता युद्धपिपासु भन्दा जनधिकार र राष्ट्रियता रक्षाको लागि लड्ने विप्लव कयौं गुणा ठिक भएको भन्दै उनले साम्राज्यवादी इण्डोप्यासिफिक योजनामा बिकेर ओलीहरुले देशलाई विदेशीको क्रिडास्थल बनाउन लागेकोले विप्वलसित मिलेर देश बचाउने आन्दोलन गर्ने गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ