• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा मध्यकमाण्ड इन्चार्ज सुदर्शनलाई सर्वोच्च ल्याइयो, बहस जारी

    6.2K
    SHARES



    काठमाडौं । विद्रोहीनेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’ लाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ।

    आदेश बुझेको मितिले तीन दिनभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले यसअघि दिएको आदेश बमोजिम प्रहरीले बुधवार उनलाई उपस्थित गराएको हो।

    नेता सुदर्शनलाई चैत ९ गते प्रहरीले काभ्रेबाट गिरफ्तार गरेको थियो। उनकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिटमा सुनुवाइ गर्दै नेता सुदर्शनलाई पक्राउ गर्नुको लिखित जवाफसहित उपस्थित गराउन १३ दिन अघि सर्वोच्चले आदेश दिएको थियो।

    विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। उक्त रिटमाथि बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासमा बहस भइरहेको छ।

    प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका-४ बरूणबेसीबाट चैत ९ गते बिहान गिरफ्तार गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित आठ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो।

    गिरफ्तार पर्नेमा नेता सुदर्शनसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन्। प्रतिबन्द लगाएयता गिरफ्तार पर्नेमा सुदर्शन नेकपाका सबैब हान्दा उच्च तहका नेता हुन् ।

    यसैबीच सुदर्शनसहित देशभरबाट गिरफ्तार परेका नेकपा नेता कार्यकर्ताको रिहाइ र प्रतिबन्ध फिर्ता लिन माग गर्दै उक्त पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

    पार्टी महासचिव विप्लवले सोमाबर २ पेज लामो विज्ञप्ति सार्वजनिक गर्दै बैसाख ६ गतेदेखि केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने उद्घोष गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् ।

    विप्लवले भनेका छन्- ‘इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।’

    ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने र त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने उनको चेतावनी छ ।

    संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ