• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    विप्लवका बलिया खम्बा सुदर्शन गिरफ्तार परेपछि बैद्यले के भने ? हेर्नुहोस् विज्ञप्तिसहित

    25.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ गिरफ्तार परेपछि नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गरी गिरफ्तारीको भर्त्सना गरेको छ ।

    पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले शनिबार एक वक्तव्य जारी गरी विप्लव नेतृत्वको नेकपाका नेता सुदर्शनको गिरफ्तारीबारे कडा विरोध विरोध एवम् भत्र्सना ब्यक्त गरेका हुन् ।

    वक्तव्यमा भनिएको छ, “सरकारद्वारा हालै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित आठ जना कमरेडहरुलाई गिरफ्तार गरिएको प्रकाशमा आएको छ । केही समययता सो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको छ । साथै, सो पार्टीमाथि प्रतिबन्ध समेत लगाइएको छ । सरकारको यो फासिवादी व्यवहार निन्दनीय छ । र, हाम्रो पार्टी त्यसको कडा विरोध तथा भत्र्सना गर्दछ ।”

    वक्तव्यमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न, समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न पार्टीको तर्फबाट सरकारसित जोडदार माग गरिएको छ ।

    नेकपा नेता सुदर्शनलाई प्रहरीले शनिबार बिहान ३ बजे काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेको थियो । सुदर्शनसहित गिरफ्तार पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं ल्याएर प्रहरी परिसर, जाउलाखेल ललितपुरमा राखेको छ ।

    यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

    प्रतिक्रिया