• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    वाइसिएल अध्यक्ष दीपशिखा भन्छन- ‘पाखण्डी’ रवि लामिछानेलाई साइबर अपराधमा कारवाही गर्नुपर्छ

    18.5K
    SHARES



    काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड विरुद्ध कडा प्रतिक्रिया जनाएपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका विरुद्ध सामाजिक सञ्जालमा गालीको बर्सा लागेको छ । केहिदिन रबि लामिछाने ‘प्रचण्डलाई मारे केहि फरक पर्दैन’ भन्ने अर्थ लाग्ने खालको अभिव्यक्ति दिएका थिए ।

    बिभिन्न अभिव्यक्तिका कारण बेला बेलामा विवादमा तानिदै आएका लामिछाने यसपटक भने निक्कै आलोचित बनेका छन् ।सत्तारुढ नेकपाका नेता कार्यकर्ताहरुको व्यापक आलोचना गरेका छन् ।

    यसैक्रममा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दीपशिखाले रविलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । उनले रविलाइ माफी दिनै नसकिने जिकिर पनि गरेका छन् ।

    रविले आफुलाइृ देशकाे नियम कानुनभन्दा माथि सम्झिन थालेकाे आरोप लगाउँदै दीपशिखाले उनलाई कानुनकाे दायरामा ल्याउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्ताे माग गरेका हुन् ।

    उनले स्टाटसमा रविलाई पाखण्डी भन्दै कडा आलोचना पनि गरेका छन् । पहिलाे प्रतिक्रियामा रविलाई ‘पेटिकाेट लम्पट’ को संज्ञा दिएका अध्यक्ष दीपशिखाले त्यसका ठाउँमा पाखण्ड राखेका छन् । ‘पेटीकोट लम्पट’ शब्दले श्रद्धाका पात्र महिलाहरुमा चोट पर्न गएको भन्दै उनले स्टाटसबाट उक्त शब्द हटाएर ‘पाखण्डी’ राखेका हुन् ।

    उनले पूर्व प्रधानमन्त्री प्रचण्डबारे रविले दिएको अभिव्यक्ति खेदजन्य मात्रै नभएर माफियोग्य समेत नभएको बताएका छन् । उनले लेखेका छन् – ‘पत्रकार नामको एक ‘पाखण्डी’ * ले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए त्यो खेदजन्यमात्रै छैन माफियोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारवाही गर सरकार ! (सुझाव र आलोचनाको आधारमा ‘पेटिकोट लम्पट’ लाई सच्याइएर ‘पाखण्डी’ राखेको छु । श्रदाका पात्र महिलाहरुमा चोट पर्न गएको भए क्षमाप्राथि छु )’

    सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विप्लवले मार्ने योजना बनाएको भन्ने समाचार भाइरल भैरहेकै समयमा रवि लामिछानेले न्यूज २४ टेलिभिजनबाट प्रचण्ड मरेर केही फरक नपर्ने भन्ने भावमा अभिव्यक्ति दिएका थिए । उनकाे त्याे भनाइ अहिले निकै भाइरल भैरहेको छ ।

    रविले प्रचण्ड प्रवृतिको खुलेरै विरोध नगरी बस्न नसक्ने भन्दै विप्लबलाई प्रतिबन्ध लगाउन नहुने धारणा पनि राखेका छन् । उनको त्यस अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । उनलाई कारवाही गर्नुपर्ने माग सत्तारुढ नेकपाका धेरै नेता कार्यकर्ताले गरिरहेका छन् ।

    त्यसैगरी वाइसियलका काठमाडाैं जिल्लाका पूर्व अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले पनि रवि लामिछानेलाई कारवाही गर्ने हिम्मत राख्न सरकारसँग माग गरेका छन् । अन्यथा रवि वेवारिसे लाश हुने चेतावनी पनि उनले फेसबुकमा दिएका छन ।

    प्रचण्डकाे विराेधमा रविले दिएकाे अभिव्यक्तिकाे विराेध गेर्दै उनले लेखेका छन, ‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख ! अन्यथा रवि वेवारिसे लाश हुँदा तेराे अनुसन्धान गर्ने क्षमता कमजाेर छ, तैलाई अवगत हाेला नै ।’

    यस्तै व्यक्तिगत तवरमा निकृष्ट गालीगलाैज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि लामछानेमाथि कारबाहीको माग गरेका छन ।

    वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन । बस्नेतले ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ?’ भन्दै प्रश्न समेत उठाएका छन ।

    बस्नेतले लेखेका छन ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनलेे आफुलाई कसरी स्पष्ट गर्छन् ? उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय वनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।’

    लामिछानेको अभिव्यक्तिलाई लिएर सत्तारुढ नेकपाका कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । सामाजिक संजाल फेसबुकमा रबि लामिछानेको अभिव्यक्तिको बिरोध गर्दै सत्तारुढ नेकपाका अन्य कार्यकर्ताहरुले पनि ‘जे मुखमा आयो त्यहि’ बोल्ने रबि लामिछानेमाथि कारवाही हुनुपर्ने बताएका छन् ।

    रबि लामिछानेले प्रचण्डलाई के भनेका थिए ?

    उसो त रविले विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक ब्यबहार गर्नुको साँटो प्रतिबन्ध लगाएको भन्दै सरकारको यो कदमलाई रक्षात्मक कदम का रुपमा औल्याउएक छन् । उनले भनेको उनकै शब्दमा यस्तो छ ।

    ‘नेकपाका अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा खुलासा गर्नुभयो कि उहाँका पूर्व सहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ सबैभन्दा पहिला उहाँलाई नै मार्ने भनेर लिस्ट तयार गरेका रहेछन् । आफुलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समुहले माइन्युट गरेको सरकार मार्फत थाहा पाएको कुरा आज प्रचण्डले सार्वजनिक गर्नुभएको हो ।

    वा ! कमरेड जनताका छोराछोरी मरेकोमा पिर परेंन तर आज आफुलाई मार्छु भनेर भन्नसाथ विप्लव बल्ल तपाईको नजरमा लुटेरा भए ? जनताको धन र ज्यान असुरक्षित हुँदासम्म मतलब भएन तर आफुलाई मार्ने भो भनेपछि विप्लवमाथि प्रतिबन्ध ? प्रतिबन्ध गर्ने निर्णय सरकारको हो त्यसमा मेरो के दोष भन्न त् पक्कै हुन्न होला किनकी सरकार तपाईकै दलको हो र प्रतिबन्धको तपाईले बिरोध गर्नुभएको पानि छैन ।

    …विप्लवका गलत कार्यको बिरोध गर्नुपर्छ तर राजनीतिक दल बिचार र सिद्धान्तलाई प्रतिबन्ध लगाउनु गलत हो । देशै टुक्र्याउछु भन्ने सिके राउतसंग हात मिलाउने छाती भएको सरकारले विप्लवको छातीमा चाहिँ बन्दुक ताक्न मिल्छ ? … प्रचण्डको ठाउँमा मारिने लिस्टमा मेरो नाम भए पनि गलतलाई गलत भन्नै पर्छ… !”

    बाँकी हेर्नुहोस् भिडियोमा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ