• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गरिबका झुपडीमा साहुले जबर्जस्ती लगाएको ताला विप्लवका कार्यकर्ताले तोडेपछि जनताले यसो भने

    7.9K
    SHARES



    काठमाडौं । ठुला भ्रष्टहरुमाथि आक्रामक बनेको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले जनताका मुद्दाहरुलाई मसिनोसँग केलाउन थालेको छ । सरकारले प्रतिबन्ध लगाए पनि नेकपा भने काफ्ना गतिबिधिमा निरन्तर अघि बढिरहेको छ ।

    अहिले ग्रामिण क्षेत्रमा विभिन्न नारा र प्रलोभन दिएर सर्वसाधारणलाई ऋण दिने र अलि समयसम्म जनताले उक्त ऋण फिर्ता गर्न नसके घर खेत नै कब्जा गरेर दुख दिने गरेको गुनासो नेकपाको जनअदालतमा आउने क्रम बढ्दो छ ।

    यसैबीच समयमै ऋणको किस्ता नतिरेको मोरङमा एक साहुले स्थानीयको झुपडीमा लगाएको ताला नेकपा कार्यकर्ताहरुले तोडेका छन् ।जिल्लाको बयरबनमा स्थानीय थारु समुदायलाई केही रकम ऋण दिएर पछि महिनावारी किस्ता भनेको दिन तिर्न नसकेको भन्दै बस्ने घरका सबै कोठाहरुमा ताला लगाएको भेटिए पछि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले घर घरको ताला फुटाइदिएइको हो ।

    कानेपोखरी गाँउपालिका अन्तर्गत सो क्षेत्रमा थारु धिमाल, माझी लगायतका आदिवासी जनताको सामान्य झुपडीमै ताला लगाए पछि आफूहरुले खोलिदिएको र गुरास लघुवित्त सहित अन्य वित्तिय संस्थाहरुलाई जनताको घर उठिवास नबनाउन चेतावनी दिईएको नेकपा मोरगंका जिल्ला सेक्रेटरी नवराजले बताए ।

    उनले यस्ता वित्तिय संस्थाहरुले गाँउका गरीब जनतालाई उठिबास लगाएको देखिएकाले यस्तो कार्य नरोके उनीहरुलाई कार्बाही गर्ने चेतावनी समेत दिएका छन् । आफ्ना झुपडीमा साहुले लगाइदिएको ताला नेकपा कार्यकर्ताहरुले तोडिदिएपछि स्थानीय हर्षित भएका छन् । उनीहरुले यसैगरी निमुख जनताको पक्षमा लडिरहन नेकपा महासचिव विप्लव सन्देश समेत पठाएका छन् ।

    साथै नेकपा कार्यकर्ताहरुलाई पुरै गाउँवासीले धन्यवाद दिएका छन् । ओली सरकारले केहि दिन अघि मात्रै नेकपामाथि प्रतिबन्ध लगाएको हो । राजनीतिक एजेण्डासहित आएको पार्टीलाई ‘अपराधिक समूह’को संज्ञा दिएर प्रतिबन्ध लगाउने सरकारी कदमको चौतर्फी बिरोध भइरहेको छ ।

    यसैबीच सत्तारुढ नेकपाकै धेरै नेताहरु उक्त निर्णयको बिरुद्धमा उतिएका छन् । प्रतिबन्ध लगाएसँगै प्रहरीले नेकपा नेता कार्यकर्ताहरुलाई जहाँ भेट्यो त्यही समात्न आदेश आएको भन्दै खोजी गरेइरहेको बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ