• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    गिरफ्तार नेता कार्यकर्तालाई मानवअधिकारकर्मीले समेत भेट्न नपाएपछि नेकपा कास्की आक्रोशित

    9.5K
    SHARES



    कास्की । आफ्नो पार्टी कार्यकर्ताका नाममा सर्वसाधारण जनतालाई गिरफ्तार गरी आफन्त र मानवअधिकारवादी समेतलाई भेटघाट गर्न नदिएको भन्दै नेकपा आक्रोशित बनेको छ । गिरफ्तारीका बारेमा मौन बसेकोमा नेपाल कम्युनिस्ट पार्टी कास्कीले घोर आपत्ति जनाउँदै मानवअधिकारवादी सङ्घसंस्थाहरूलाई बन्दीको अवस्थाबारे जानकारी लिन र सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज रूपेशले एक विज्ञप्ति जारी गर्दै मानवअधिकारवादी सङ्घसंस्थासँग यस्तो अनुरोध गरेका हुन् ।

    उनले विज्ञप्तिमार्फत केही दिनअघि सार्दिखोलाका साना व्यापारी उमराज बास्तोला, खुदीखोलाका किसान गणेश अधिकारी, मजदुर व्यवसायी खड्क राई, मझुवाबस्तीबाट टोलबारे छलफलका क्रममा रहेका जनता मनबहादुर तमुलगायत ७ जनालाई गिरफ्तार गरेको जानकारी दिँदै सङ्कटकालको जस्तो आफन्त र मानवअधिकारवादीसम्मलाई भेटघाट गर्न तथा गिरफ्तारीबारे सूचनाको हकमा बन्देज लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

    नेपालमा विगतमा भन्दा दलाल संसदीय व्यवस्था झनै बदनाम र नग्न बन्दै गएको अवस्थामा पछिल्लो समय अर्बौंका घोटालाका काण्डहरू, चूडामणि शर्मा र करछली प्रकरण, लोकमानसिंह कार्कीको नियुक्ति प्रकरण र कालोमोसो, बूढीगण्डकी, आयल निगम र गोपाल खड्का भ्रष्टाचारकाण्ड, गोपाल पराजुली सर्वोच्च अदालत र एनसेल प्रकरण, चिनीकाण्ड, देशभर स्थानीय तहमा भएको भ्रष्टाचार, वाइडबडी घोटाला काण्ड, निर्मला पन्त बलात्कार र हत्या प्रकरणलगायत लुटका विरुद्ध, जनघात र राष्ट्रघातका विरुद्ध आफ्नो पार्टी सङ्घर्षरत रहेको विज्ञप्तिमार्फत उनले जनाएका छन् ।

    कथित कम्युनिस्ट सरकारका दलाल एवम् ठेकेदार वर्तमान केपी–पीके गठबन्धनले आफ्नो बदनाम र सरकारप्रतिको जनआक्रोश मत्थर पार्न नेपाल कम्युनिस्ट पार्टी र यसको शान्तिपूर्ण कार्यक्रममाथि बन्देज लगाएर फासिवादी दमनचक्र चलाएको उनको आरोप छ । नेपालको वर्तमान सामाजिक दलाल पुँजीवादी सरकार र जनविरोधी दलाल पूंजीवादी राज्यसत्ता हत्या, दमन, गिरफ्तारी, झूट्टा मुद्दा र राज्यआतङ्कको सहारामा टिक्न खोजेको टिप्पणी गर्दै त्यो सम्भव नभएको उक्त प्रेसविज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा विश्वमै असफलसिद्ध संसदीय व्यवस्थाको सट्टामा नेपाल र नेपाली जनतालाई सुहाउँदो र नेपाली जनताको शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि निरन्तर सङ्घर्ष गर्दै आएको आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको उल्लेख छ ।

    शान्तिपूर्ण सभासम्मेलनमा गरिएको बन्देज, राजनीतिक सङ्गठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्नेे, धरपकड, गिरफ्तारी, झूट्टा मुद्दा लगाउनेजस्ता राज्यआतङ्कलगायत फासिवादी कदमका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले यही फागुन ३० गते नेपाल बन्द आह्वान गरेको जानकारी दिँदै उक्त विज्ञप्तिमार्फत बन्दप्रति सहयोग एवम् ऐक्यबद्धता जनाउन उद्योगी–व्यवसायी, ,देशभक्त नागरिक, शैक्षिक संस्थाका सञ्चालकहरू, यातायात व्यवसायी, निर्माण व्यवसायी, पत्रकारहरूसँग अनुरोध गरिएको छ ।

    हेर्नुहोस् यस्तो छ विज्ञप्ति

    प्रेस विज्ञप्ति
    नेपालमा विगतमा भन्दा दलाल संसदीय व्यबस्था झनै बदनाम र नग्न बन्दै गएको छ । पछिल्लो समय अर्वौका घोटलाकाण्डहरु -चुडामणि शर्मा र करछली प्रकरण, लोकमानसिंह कार्की को नियुक्ति प्रकरण र कालोमोसो ,बुढी गण्डकी, आयल निगम र गोपाल खडका भ्रष्टाचार काण्ड, गोपाल पराजुली सर्वोच्च अदालत र ऐनसेल प्रकरण, चिनीकाण्ड, देशभर स्थानीय तहमा भएको भ्रष्टाचार , वाईडबडी घोटला काण्ड, निर्मला पन्त बलात्कार र हत्या प्रकरण, लागयत ) जस्ता लुटका विरुद्ध, जनघात र राष्टघातका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ ।

    वर्तमान कथित कम्युनिष्ट सरकारका दलाल एवम् ठेकेदार केपी पिके गठवन्धनले आफ्नो बदनाम र सरकारप्रतिको जनआक्रोस मथ्थर पार्न हाम्रो पार्टी र शान्तिपूर्ण कार्यक्रममाथि बन्देज लगाउदै फाासीवादी दमनचक्र चलाउादै आएको छ ।

    केही दीन अघि मात्र आफ्नो घरबाट गिरफ्तारीमा परेका सार्दिखोलाका साना व्यापारी उमराज बास्तोला, खुदीखोलाका किसान गणेश अधिकारी, मजदुर व्यबसायी खड्क राई ,मझुवाबस्तीबाट टोलबारे छलफलको क्रममा रहेका जनता मन बहादुर तमु लगायत ७ जनालाई आफन्तको कुरै छाडौ मानवअधिकारवादी सम्मलाई भेटघाट गर्न र गिरफ्तारबारे सुचनाको हकमा समेत बन्देज लगाउदै संकटकालको जस्तो गरी गरिएको धरपकडको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै मानवअधिकारवादी संघ संस्थाहरुलाई बन्दीको अवस्थाबारे जानकारी लिन र सत्य तथ्य बाहिर ल्याउन समेत अनुरोध गर्दछौं ।

    हत्या, दमन, गिरफ्तारी, झुट्टा मुद्दा र राज्य आतंकको सहाराले संसारमा कााही र कहिल्यै पनि कुनैपनि राज्य टिकेको इतिहास छैन नेपालको वर्तमान सामाजिक दलाल पुाजीवादी सरकार र जनविरोधी दलाल पुाजीवादी राज्यसत्ता पनि यसको अपवाद रहने छैन ।

    हाम्रो पार्टीले यो बिश्व मै असफलसिद्ध संसदीय ब्यवस्थाको सट्टामा नेपाल र नेपाली जनतालाई सुहाउादो र नेपाली जनताको शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि निरन्तर संघर्ष गर्दै आएको छ र यसको ठाउामा बैज्ञानिक समाजबाद स्थापना गर्ने उद्देश्यका साथ अभियान संचालन गर्दै आएको सवैलाई धेरथोर जानकारी भएकै विषय हो ।

    सामाजिक दलाल फाासीवादी सरकारको संकटकालिन अवस्था जस्तो गरी देशभर गरिएका शान्तिपूर्ण सभा सम्मेलनमा गरिएको बन्देज, राजनीतिक संगठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्ने,े धरपकड, गिरफ्तारी, झुट्टा मुद्दा लगाउने जस्ता राज्य आतंक लगायतका फासीवादी कदमका विरुद्ध यही २०७५ फागुन ३० गते नेपाल बन्द को आब्हान गरेको छ ।

    सो बन्दमा हाम्रो पार्टी आवश्यक नैतिक,भौतिक सहयोग एवम् ऐक्यबद्धताको लागि उद्योगी ब्यवसायी ,देशभक्त नागरिक, शैक्षिक संस्थाका संचालकहरु, यातायात व्यवसायी, निर्माण व्यवसायी , पत्रकार मित्रहरु लगायत सवैमा हार्दिक अनुरोध गर्दछ ।
    क. रुपेश
    इन्चार्ज

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ