• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    ओली सरकारबिरुद्ध बहिर्गमित जनमुक्ति सेनाको यस्तो तयारी, शर्माको गीतमाथि प्रतिबन्ध लगाए प्रतिवाद

    7.4K
    SHARES



    काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले गायक पशुपछि शर्माको गीतमाथि प्रतिबन्ध लगाउन खोजिएको भन्दै विरोध जनाएको छ । उसले गीतले बास्तविकता बाहिर ल्याएपछि सत्ताधारीहरु पसिना आएको समेत बताएको छ ।

    संगठनका उपाध्यक्ष तथा प्रवक्ता प्रदिप कार्कीले सोमबार एक विज्ञप्ति जारी गरेर आफूहरुले लडेर गणतन्त्र ल्याएको तर जनतालाई बोल्न र विचार राख्न नदिने कार्य भइरहेको भन्दै आइरहेको समाचारप्रति संगठनको ध्यानाकर्षण भएको बताएका छन् । उनले दुई तिहाईको दम्भ देखाएर सत्तारुढ (नेकपा)का नेता–कार्यकर्ता र सरकारले गीतमाथि प्रतिबन्ध लगाउन खोज्ने हर्कत आपत्तिजनक भएको बताए ।

    “दुई तिहाईको दम्ब देखाएर गणतन्त्रको खिल्ली उडाउँदै जनतालाई बोल्न तथा विचार राख्न प्रतिबन्ध लगाइँदैछ, यसको बहिर्गमित जनमुक्ति सेना मत जनमुक्ति सेना नेपालको घोर आपत्ति छ” कार्कीले विज्ञप्तिमा भनेका छन् । उनले कलाकार तथा गायक पशुपति शर्माले अहिलेको समाजको वास्ताविकता गीतमार्फत बाहिर ल्याएको बताए ।

    प्रवक्ता कार्कीले जनताले पसिना बगाएर तिरेको करको दुरुपयोग भइरहेको बताए । जनताले आफूले नखाएर तिरेको करमा कसैलेपनि मोजमस्ती गर्न नपाउने भन्दै कार्कीले विज्ञप्तिमा भनेका छन्, “जनताले खाईनखाई तिरेको करले कसैलाई मोजमस्ती गर्नको लागि हो ? हेलिकप्टर किन्न हो ? भ्रष्टाचार गर्न हो ? बिल्कुल होइन । तर, भइरहेको छ ।”

    आफूहरु हिजो जनमुक्तिको मुक्तिसँगै भ्रष्ट,दलाल, तस्करविरुद्ध लडेको भन्दै फेरि आवश्यक परे लड्न तयार रहेको समेत बताए । “हामीहरु ज्नताको मुक्तिसँगै भ्रष्टाचार, दलाली र तस्करीविरुद्ध हिजो लडेका हौं । गणतन्त्रमा त्यो हुँदैन भन्ने विश्वास थियो तर विगतका सबै राजनीतिक विकृति विसंगती कायमै छन् । अब हामी टुलुटुलु हेरेर बस्दैनौं” विज्ञप्तिमा भनिएको छ ।

    उनले गणतन्त्रमा नागरिकको अधिकार कुण्ठित गरिए बहिर्गमित जनमुक्ति सेना प्रतिवादमा उत्रिने चेतावनी दिए । आफूहरु अहिले पनि भ्रष्टाचार, दलाली र तस्करीसँगै विकृति विसंगतीविरुद्ध संघर्षमै रहेको भन्दै साथ दिन विज्ञप्तिमा अपील समेत गरिएको छ ।

    ‘लुट्न सके लुट’ गीत युट्युबबाट सार्वजनिक भएपछि सत्तारुढ दलका कार्यकर्तालाई पशुपति शर्मालाई धम्काएका थिए । सत्तारुढ दलका कार्यकर्ताको दवाव र धम्कीका कारण गायक शर्मा उक्त गीत युट्युबबाट हटाएका छन् ।

    भ्रष्टाचार, महँगी, नेताहरुको मनपरी र कमिसनलाइ इगित गरी बनाइएको उक्त गीत शर्माले युट्युबबाट हटाएपनि अरु थुप्रै च्यानलहरुले भने राखेकै छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ