• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    पाइप गाड्न जमिन खन्दै गरेका मजदुरले भेटाए अरबौं मूल्यका यस्ता वस्तु

    75K
    SHARES

    स्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो । यो कुनै कडा यस्तुमा ठोक्किएपछि आउने आवाज थियो ।

    त्यसपछि मजदुरहरुले त्यहाँ खन्न थाले । खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १-२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटा जत्रै थियो।

    यी घडा खोलेर हेर्दा त्यहाँ भित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए । जसको मूल्य खर्बौं रुपैयाँ थियो ।

    स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटर भन्दा पनि कम गहिराइमा भेटिएका थिए।

    सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो ।

    यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् । जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे।

    उता इटलीमा एउटा १५० वर्ष पुरानो थिएटरको भवन भत्काउँदा निकै आश्चर्यजनक कुरा फेला परेको छ । यहाँको कोमो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्काइँदै थियो ।

    गत बुधबार भत्काउने टिमका सदस्यहरु त्यतिबेला चकित परे जब उनीहरुले भजनको अवशेषमा एउटा वर्षौं पुरानो भाँडो देखे । भाँडो हेर्दा उनीहरु अझै दंग परे जब त्यो भाँडोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिए ।

    यो ठाउँलाई अब खजानाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशासनले अब निर्माणको काम रोकेर खजाना खोज्नको लागि उत्खनन गर्ने भएको छ ।

    यहाँ कडा सुरक्षा व्यवस्था बनाइएको छ । इटलीको मिडियाका अनुसार थिएटरमुनि दबिएको अवस्थामा पाइएका सिक्का रोमन कालका हुन् । यी सिक्काको मूल्यअनुमान गर्न पनि सकिँदैन ।

    स्थानीय आर्कियोलोजिस्ट लुसा रिनाल्डीका अनुसार यी सिक्काको मूल्य तोक्न सकिँदैन किनकि यी बजारमा बिक्ने चीज होइनन् । यसको मूल्य अतुलनीय छ र यो निकै बहुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भएको थियो । बन्द हुने बेला यो फिल्महल बनिसकेको थियो ।

    त्यस्तै सडकमा चकलेटको बाढी आएको सुन्नुभएको छ ? जर्मनीको वेस्टनेन सहरमा हालै यस्तै भएको छ । त्यहाँ झण्डै एक टन चकलेटको लेदो सडकमा पोखिएपछि एक प्रकारको चकलेटी बाढी नै आयो । अनि सडक नै बन्द गर्नुपर्यो ।

    सहरमा रहेको एक चकलेट कारखानामा लेदो चकलेटले भरिएको एउटा ट्यांक लिक भयो । जसका कारण एक टनभन्दा धेरै चकलेट सडकमा बग्यो । मौसम निकै चिसो थियो । त्यसैले सडकमा पोखिएको चकलेटको लेदो तत्कालै जमेर कडा भयो । सडकको आवागमन नै बन्द गर्नुपर्यो ।

    तत्कालै २५ जना फाएरफाइटर बोलाइयो । तातो पानी पम्पको फोहोरा प्रयोग गरी निकै सकसपूर्ण तरिकाले चकलेट सफा गरियो । कारखानाका कर्मचारीहरु पनि सडकको चकलेट सफा गर्न खटिए ।

    अर्को अचम्मको समाचारमा छुट्टै प्रसँग प्रस्तुत गर्दैछौं । अमेरिकाको मिसिसिपीमा विश्वको सबैभन्दा सानो गाई छ । जसको वजन जम्मा साढे चार किलो रहेको छ । अर्थात् त्यो गाई जम्माजम्मी बिरालो जत्रै छ ।

    गाईको सानो आकार तथा कम वजनका कारण उसका मालिक लिल बिल पनि अचम्ममा परेका छन् । गाईको जाँच गराउनका लागि उनले मिसिसिपी स्टेट युनिभर्सिटी कलेज अफ भेटेनरीमा लगे । जब उनले गाईलाई उपचारका लागि पशु अस्पताल लगे तब डाक्टर पनि हैरान भए । गाईको चेकजाँच भयो ।

    तर अस्वभाविक वजन भएको उक्त गाई पूर्णरुपमा स्वस्थ भएको पाइयो । मेडिकल कलेजले त्यहीँ क्रममा खिचेको सो गाईको तस्वीर सोसल मिडियामा शेयर भएसँगै त्यो भाइरल बनेको छ । यो गाईको तौल उसको उमेरका सामान्य गाईको भन्दा १० गुणा कम छ । यो गाई विश्वको सबैभन्दा सानो गाईको रुपमा गिनिज बुकमा नाम लेखाउने पक्का रहेको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ