• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    प्रकाण्ड रिहा हुँदै, वार्ता टोलीको सिफारिसमा ओली सरकारले गर्‍यो यस्तो निर्णय

    16.3K
    SHARES



    काठमाडौं । 

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा हुने भएका छन् । अब अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने भएको छ । अदालत परिसरबाटै पुनः गिरफ्तारीको श्रृंखला अब रोकिने भएको छ । सरकारले गठन गरेको वार्ता टोलीको सिफारिसमा सरकार यो निष्कर्षमा पुगेको हो ।

    वार्ताको वातावरण बनाउन भन्दै वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलपछि अब अदालतले रिहा गर्न आदेश दिए पुनः गिरफ्तार नगर्ने सहमति भएको छ । छलफल विहीबार गृहमन्त्रालयमा भएको थियो ।

    त्यसैगरी गृहमन्त्री नेकपाका अरु नेता–कार्यकर्ताको हकमा पनि त्यही निर्णय लागु हुने सहमति पनि भएको छ । अब अदालतले रिह ागर्न आदेश दिएका अन्य नेताहरुलाई पनि पुनः गिरफ्तार नगर्ने सहमति भएको छ ।

    वर्ताको लागि आह्वान गरेपछि आफ्ना नेतामाथि गिरफ्तारी र धरपकट जारी राखेको अवस्थाको वार्ताको कुनै सम्भावना नभएको नेकपाका नेताहरुले बताउँदै आएका छन् । अहिले प्रवक्ता प्रकाण्डसहित नेकपाका पोलिट्ब्यूरो सदस्यहरु मोहन कार्की, पदम राई, उमा भुजेल, ओमप्रकाश पुन, कृष्णप्रसाद धमलासहित दर्जनौं नेता–कार्यकताहरु जेलमा छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ