• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

    181
    SHARES



    काठमाडौँ । पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ।

    विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिकास्थित स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको स्थानीयले बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी विरेन्द्र पासवानले स्कुल बस दुर्घटना भएको र अहिले यात्रुको उद्धार भइरहेको जानकारी दिए।

    ‘विद्यार्थी बोकेको बस दुर्घटना भएको छ, हामी उद्धारमा खटिएका छौं,’ उनले भने, ‘८/९ जना विद्यार्थी उद्धार गरेर उपचार गर्न अस्पताल पठाएका छौं।’ बसमा २० जना भन्दा बढी विद्यार्थी रहेको बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ