• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ग्यास अभावबारे सरकारलाई रुलिङ गर्न राष्ट्रियसभामा माग

    306
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले देशभरिका जनताले ग्यास अभावको समस्या भोग्नुपरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

    बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद कमला पन्तले जनताले ग्यास नपाएको गुनासो गरेको र लामो लाइन समेत देखिएको भन्दै यसबारे सरकारको जवाफ आउनुपर्ने बताइन् । साथै उनले सरकारले ग्यासको समस्या छैन भन्ने तर नागरिकले कहिल्यै नपाउने अवस्थाबारे सरकारलाई रुलिङ गर्न माग गरिन् ।

    अर्का सांसद तुलप्रसाद विश्वकर्माले पनि ग्यास अभावका कारण नागरिकले ठुलो कष्ट भोग्नुपरेको भन्दै यसमा सरकारले चासो नदिएको बताए । ‘ग्यास समस्या देशभर भएको छ । यसमा सरकारले चासो दिएको समस्या समाधान गरोस्’, विश्वकर्माको भनाइ छ ।

    अर्का सांसद नरबहादुर विष्टले पनि कहिलेसम्म सरकारले ग्यास उपलब्ध गराउने हो भनेर प्रश्न गरे । सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्ज घटना निष्पक्ष छानबिनको माग गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया