• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्री बालेनलाई भेटेर सभामुखले भने– संसदमा आइदिनुस्

    72
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।

    ‘संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कसमेसकम सदनमा उपस्थित भएर जवाफ दिनुुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो ।

    तर, प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बुझिएको छ । प्रतिपक्ष दलहरुले लगातार संसदमा प्रधानमन्त्रीको खाजी गरिरहेका छन् । तर, प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर जवाफ दिन चाहिरहेका छैनन् ।

    मंगलबार मात्रै पनि प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद भरतबहादुर श्वारले प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटेको बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया