• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    चीनको चासोपछि सरकारले रद्द गर्‍यो आईएटीए सम्मेलन

    70
    SHARES



    काठमाडौं । सरकारको निर्देशनमा भदौ पहिलो साताका लागि निर्धारित इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) सम्मेलन रद्द भएको छ ।

    सरकारको आग्रहमा सम्मेलन स्थगित भएको स्थानीय आयोजक मध्येका एक काठमाडौं विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) निर्देशक डा. सागरराज शर्माले जानकारी दिए ।

    काठमाडौंमा हुने भनिएको आईएएफटीएको १७ औं सम्मेलनको आयोजना हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युटले गर्न लागेको थियो । चीन सरकारको दबाबपछि निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको थियो ।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई भेटेर सम्मेलनका बारेमा चासो राखेका थिए । विशेष गरी दलाइ लामाका प्रतिनिधिहरू नेपाल आउने र तिब्बती मामिलाका विषयमा यो सम्मेलनमा बहस हुन सक्ने सम्भावना औंल्याउँदै चिनियाँ राजदूत चाङले नेपाली अधिकारीहरूसँग चासो राखेका थिए ।

    सम्मेलन नगर्दा छिमेकी देशहरूलाई समेत सहज भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ७ भदौदेखि १३ भदौसम्म चल्ने भनिएको सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने निश्चित भएको थियो । अब यो सम्मेलन नेपालमा नहुने भएको छ ।

    १९७७ मा स्विट्जरल्यान्डमा पहिलो पटक आयोजित यो सम्मेलन बेलायत, अमेरिका, जर्मनी, जापान, नर्वे, अष्ट्रिया, अमेरिका, नेदरल्यान्ड्स, क्यानडा, मंगोलिया, फ्रान्स र चेक रिपब्लिकामा सम्पन्न भइसकेका छन् । नेपालमा भने यो पहिलो पटक हुन लागेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया