• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसभित्रको विवादबीच देउवा समूहले बोलायो राष्ट्रिय भेला

    395
    SHARES



    काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले साउनभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

    आइतबार चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले श्रावण महिनाभित्र राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिए।

    कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक मतभेद र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र व्यापक छलफल तथा भावी कार्यदिशा तय गर्न भेला आयोजना गर्न लागिएको उनले बताए।

    पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्तिअनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकता सुदृढ बनाउन पर्याप्त पहल गर्न नसकेको आरोप लगाइएको छ। साथै, अदालतको फैसला आएको चार महिना र नेतृत्व चयन भएको सात महिना बितिसक्दा पनि पार्टीलाई एकताबद्ध बनाउने ठोस प्रयास नभएको दाबी गरिएको छ।

    विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएको र लोकतान्त्रिक शक्तिमाथि चुनौती थपिएको उल्लेख गर्दै पार्टीभित्र बलियो एकता, नीतिगत बहस तथा नागरिक अधिकार र लोकतन्त्रको संरक्षणका लागि राष्ट्रिय भेलाको आवश्यकता रहेको जनाइएको छ।

    देउवा समूहले संस्थापन पक्षमाथि सार्वजनिक अभिव्यक्तिमार्फत सहकार्य गर्ने राजनीतिक शक्तिसँग दूरी बढाएको आरोपसमेत लगाएको छ।

    समूहका अनुसार राष्ट्रिय भेलाको मिति, समय र स्थान आगामी साउन ६ गते, जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा सार्वजनिक गरिनेछ। उक्त भेलाबाट पार्टीको आगामी नीति, कार्यक्रम तथा संगठनात्मक रणनीतिबारे थप निर्णय गरिने जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ