• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने वैशाखमै थाहा थियो : कांग्रेस

    80
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् । बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘अहिले सबै राजनीतिक ढिलै भएपनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ । यो अवस्था आउँछ भन्ने कुरा हामीलाई वैशाखमै थाहा थियो,’ सभापति थापाले भने, ‘त्यसैले हामीले वैशाखदेखि नै आफ्नो संविधान संशोधनको छलफल गर्नथाल्यौं- आफ्नैभित्र, अरुसँग । तर, हामीले त्यहाँ प्रतिनिधि पठाएनौं ।’

    संविधान संशोधनका विषयमा सुरुदेखि नै कांग्रेसले दुई वटा प्रस्ताव राख्दैआएको उनले बताए । ‘हामीले के भनेका छौँ भने संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश, विज्ञहरू सम्मिलित भएको एउटा समिति बनाएर प्रारम्भ गर्नसक्छौं । वा अहिले हामी संसद्मा छौं, संसद् छ । संसद्भित्रैबाट पनि समिति बनाएर जान सक्दछौं,’ सभापति थापाले भने ।

    यी दुई वटा विकल्पले मात्रै संविधान संशोधनको गम्भीरतालाई प्रष्ट बनाउने उनले दाबी गरे । प्रक्रियागत रूपमा पनि संविधान संशोधनका प्राथमिकता निर्धारण हुनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए ।

    पहिलो चरणमा संविधानले नै १० वर्षमा पुनरावलोकन गर्नुपर्ने कुरा औँल्याएका विषयमा संशोधन हुनुपर्ने उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ