• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    चीनका लागि ७ पूर्वराजदूतको प्रश्न- दलाई लामाको जन्मदिन सरकारको सहमतिमा मनाइएको हो?

    356
    SHARES



    काठमाडौँ । चीनका लागि ७ जना पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको जन्मदिन मनाएको विषयमा आपत्ति जनाएका छन्।

    असार २२ गते नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा ९१औं जन्मउत्सव मनाइएको विषयमा बिहीबार ७ पूर्वराजदूतले संयुक्त वक्तव्य जारी गर्दै सरकारको सहमतिमा उक्त जन्मदिन मनाइएको हो भनेर प्रश्न समेत गरेका छन्।

    ‘यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसँगको दौत्य सम्बन्धको स्थापनाकालदेखि हालसम्म कायम राखेको एक–चीन नीतिको प्रतिकूल हुन गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने स्पष्ट देखिन्छ,’ उनीहरूले भनेका छन्।

    उनीहरूले छिमेकीसँगको परराष्ट्र नीति बदलेको हो भनेर पनि प्रश्न गरेका छन्।

    ‘नेपालले सधैं दृढतापूर्वक एक–चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरूद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौं?,’ वक्तव्यमा सोधिएको छ।

    यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भएकाले सतर्क र सचेत रहन अपिल गरेको छ। चीनका लागि पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले उक्त वक्तव्य जारी गरेका हुन्।

    असार २२ गते लामाको जन्मउत्सव मनाउनेबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघिल्लो दिन जिल्ला सुरक्षा समितिको बैठक बोलाएर छलफल गरेको थियो। उक्त बैठकले जन्मउत्सब मनाउन अनुमति दिएका समाचारहरू बाहिरिएका थिए। प्रशासनले अनुमति नदिएको बताए पनि आधिकारिक रूपमा प्रष्टीकरण दिएको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ