• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको हो – नेकपा सांसद तामाङ

    458
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संसद्प्रति प्रधानमन्त्री बालेन शाहलाई उत्तरदायी बनाउने बनाउने सन्दर्भमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका खोजेको छ ।

    बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले यस्तो आग्रह गरेका हुन् ।

    सीमा विवादबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने उनको आग्रह छ । यो विषयमा निरन्तर संसद्मा कुरा उठ्दा समेत प्रधानमन्त्री बालेन जवाफका लागि तयार नभएको भन्दै उनले यसमा सत्तारुढ दलको भूमिका खोजेका हुन् ।

    ‘म राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र सांसदहरूसँग अनुरोध गर्न चाहन्छु । आफ्नो दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको पनि हो,’ उनले बुधबार प्रतिनिधिसभाको बैठकमा भने ।

    गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

    प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ । तर प्रधानमन्त्री कसैगरी संसद्मा जवाफ दिनका लागि तयार नभएको भन्दै नेकपाले यसमा सत्तारुढ दलले नै भूमिका खेल्नुपर्ने बताएको हो ।

    ‘हामी रास्वपाबाट गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह भएको हेर्न चाहन्छौं’ नेकपा सांसद तामाङले भने, ‘रास्वपा जसले उहाँलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनुभयो । अब रास्वपाले हस्तक्षेप गर्ने दिन आएको छ ।’ संसद्मा उठेका प्रश्नको जवाफ दिनका लागि सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने पनि उनको माग छ ।

    ‘यो संसद्को गरिमा र मर्यादालाई, यसको सर्वोच्चतालाई गरिमामय बनाउने जिम्मेवारी सभामुखज्यूको हो । यसो भएको हुनाले रुलिङ गरेर भोलि देखि यो कुरा दोहोर्याउन नपर्ने वातावरण बनाउनुपर्छ’ तामाङको आग्रह छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ