• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    महर बने एमाले प्रमुख सचेतक, घतानीलाई सचेतकको जिम्मा

    0.9K
    SHARES



    काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महर लाई मनोनयन गरेको छ।

    संसदीय दलका नेता राम बहादुर थापा ले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम शुक्रबारदेखि लागू हुने गरी महरलाई उक्त जिम्मेवारी दिएका हुन्।

    दलका नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको हैसियतमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

    एमालेले यस मनोनयनबारे सङ्घीय संसद सचिवालयलाई जानकारी गराइसकेको छ। यसैबीच, एमालेले सचेतकको जिम्मेवारी नीता घतानी लाई दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ