• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसले बोलायो सातै प्रदेशका मुख्यमन्त्री र संसदीय दलका नेताको बैठक

    1K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका नेताहरूको बैठक बोलाएको छ।

    पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आगामी वैशाख ६ गते आइतबार उक्त बैठक बोलाइएको हो। बैठकको समय भने अझै टुंगो लाग्न बाँकी रहेको उनले जानकारी दिए।

    “आइतबार बैठक बोलाइएको हो, तर कति बजे बस्ने भन्ने समय तय हुन बाँकी छ,” प्रवक्ता चालिसेले बताए। बैठकमा समसामयिक राजनीतिक अवस्था र प्रदेशस्तरका गतिविधिबारे छलफल हुने जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ