• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ४८ घण्टाभित्र हर्मुज स्टेट नखोले इरानका ऊर्जा संरचनामा हमला गर्ने ट्रम्पको चेतावनी

    277
    SHARES



    वासिङ्टन डीसी । डोनाल्ड ट्रंपले इरानलाई ४८ घण्टाको कडा अल्टिमेटम दिएका छन्। उनले विश्वकै संवेदनशील र रणनीतिक तेल पारवहन मार्ग हर्मुज स्टेटलाई बिना कुनै अवरोध पूर्ण रूपमा सञ्चालनमा ल्याउन चेतावनी दिएका हुन्।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत सार्वजनिक सन्देश जारी गर्दै स्पष्ट शब्दमा चेतावनी दिएका छन्—यदि इरानले तोकिएको ४८ घण्टाभित्र जलडमरू सुरक्षित र अवरोधरहित रूपमा सञ्चालनमा ल्याएन भने, संयुक्त राज्य अमेरिकाले इरानका प्रमुख ऊर्जा पूर्वाधार, विशेषगरी विद्युत् उत्पादन केन्द्रहरूमा लक्षित आक्रमण गर्नेछ। उनले “कारबाही सबैभन्दा ठूलो पावर प्लान्टबाट सुरु हुने” उल्लेख गर्दै सम्भावित सैन्य कदमको संकेत दिएका छन्।

    हर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्तै महत्वपूर्ण मार्ग मानिन्छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गर्छ। यस्तो अवस्थामा यस क्षेत्रमा कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा संकट, तेल मूल्यमा तीव्र उतारचढाव र भू-राजनीतिक तनाव चुलिने जोखिम रहने विश्लेषकहरू बताउँछन्।

    ट्रम्पको यो कडा अभिव्यक्ति इरानले उक्त जलडमरू क्षेत्रमा असुरक्षा र अवरोध सिर्जना गरेको अमेरिकी आरोपपछि आएको हो। यद्यपि, इरानले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

    यसअघि पनि ट्रम्पले इरानको नेतृत्व र सैन्य क्षमतामाथि टिप्पणी गर्दै “इरानको शक्ति कमजोर भइसकेको” दाबी गरेका थिए। पछिल्लो चेतावनीले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।

    विश्लेषकहरूका अनुसार, यदि यो विवाद बढ्दै गएमा यसले केवल दुई देशबीचको द्वन्द्व मात्र नभई मध्यपूर्व क्षेत्रको समग्र सुरक्षा र विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ