• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    शेरधन राईलाई पराजित गर्दै भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज राई विजयी

    595
    SHARES



    काठमाडौं । भोजपुर प्रतिनिधिसभा क्षेत्रमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्। उनले १६ हजार ६६३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार तथा कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।

    निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ मत तथा नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राईले ५ हजार ७२८ मत प्राप्त गरेका छन्।

    त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ मत ल्याएका छन्।

    यसअघि नै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट तथा महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेका छन्। भोजपुरमा ध्रुवराज राईको जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा थप एक सीट सुरक्षित गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ